पशुतपतिनाथ दर्शन : कति सहज, कति असहज ? « Khabarhub

पशुतपतिनाथ दर्शन : कति सहज, कति असहज ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा अन्य दिनका तुलनामा आज बढी नै भीड छ । काठमाडौं र आसपासका जिल्लाबाट आएका भक्तजनले पूजा गर्न बिहानैदेखि पालो कुरेर बसेका छन् । कोही पूजा गरेर फर्किँदै छन् ।

मन्दिरमा दर्शन गरेर फर्किनेहरुको अनुहारमा खुशी छ । बिहानैदेखि पूजाका लागि लाइन लागेका भक्तजनहरुको मुहारमा भने ‘पालो कतिखेर आउला ?’ को भाव स्पष्ट देखिन्छ ।

भक्तजनको भीड यति लामो छ कि, कुनै लाइन मिलाउन खटिएका स्वयंसेवक र प्रहरीलाई पनि हम्मे पर्छ । तथापि, बिहानैदेखि लाइनमा बसेका भक्तजनहरुले भीडमै पनि रमाइलो गर्न भ्याएका थिए । बिरलै देख्न पाइने यति लामो लाइनले वातावरणलाई रोचक पनि बनाइदिएको थियो । कोही सेल्फी खिच्न त कोही नाचगानमा रमाएका थिए ।

सोमबार दिउँसोसम्म मन्दिर दर्शनका लागि आउने र फर्कर्नेको सङ्ख्या लगभग समान थियो ।

कपनकी शकुन्तला निरौला भन्दै थिइन्, ‘बिहानैदेखि लाइन लागेँ, मित्रपार्कबाट लाइन बसेको अघि भर्खरै दर्शन गर्ने पालो आयो ।’

उनलाई झण्डै दुई घण्टा लाइन लाग्नुपरेको थियो । तर उनलाई पशुपतिनाथ परिसरको रौनकले लाइन लाग्दा पनि रमाइलो लागिरहेको थियो । उनले फिस्स हाँस्दै सुनाइन्, ‘लाइन लाग्नुपर्दा पनि खै मलाई त रमाइलै लाग्यो ।’

‘परिवारले नै भगवानप्रति विश्वास राख्नुपर्छ , शिवजी त झन् संसारकै भक्त हुनुहुन्छ ।’, उनले थपिन् ।

दर्शन गर्न आउने भक्तजनको चाप बढी नै भए पनि विगतका वर्षहरुका तुलनामा यस वर्ष सहज भएको दर्शनार्थीहरु बताउँछन् ।

मन्दिर परिसरमा साधुहरु पनि लस्करै बसिरहेका थिए । साधुहरु एकै स्वरमा भन्दै थिए – जय शम्भो !

‘बाबा’हरुले भक्तजनसँग ‘जय शम्भो’ को लयमा दक्षिणा मागिरहेका थिए ।

आजका लागि पशुपतिनाथमा भक्तजनहरुलाई पशुपतिनाथको चारवटै ढोका खुला गरिए पनि घुइँचो भने घटेको थिएन । स्वयंसेवकहरुले भक्तजनहरुलाई सहज बनाउने प्रयास गरिरहेका थिए । यता कतिपय भक्तजनको गुनासो भने ‘लाइन नसरेको’ थियो ।

बिहानैदेखि भक्तहरुको लाइन भने हेर्नलायकको थियो । जय बागेश्वरीदेखि चाबहिल पीपलबोटसम्मको लाइन पनि हेर्नलायक थियो ।

रमाइलो त के थियो भने यता गौरीघाट हुदैँ मन्दिर प्रवेश गर्ने लाइन गुह्वेश्वरी पुगेको थियो । उता पिंगलास्थान, सुमारी–भवन, उमाकाण्ड हुँदै मन्दिर प्रवेश गर्ने लाइन पनि एयरपोर्ट छेउसम्मै पुगेको थियो ।

सुरक्षाका लागि खटिएका प्रहरीहरु चाबहिल, मित्रपार्क, बागेश्वरी, गौशला, तिलगंगा, एयरपोर्टसम्मै खटिरहेका थिए ।

दर्शनार्थीलाई सहज बनाउनका लागि बिहान ३ बजेबाट चारैवटा ढोका खुल्ला राखिएको थियो । भक्तजनहरु सबेरैदेखि दर्शनका लागि आइरहेका थिए ।

पशुपति क्षेत्र विकास कोषले शारीरिक रुपमा अशक्त र जेष्ठ नागरिकलाई पूजा गर्न लाइन लाग्नु नपर्ने व्यवस्था मिलाएको थियो । जसका कारण बूढाबूढी तथा अशक्तलाई पूजा गर्न सहज भएको थियो ।

शारीरिक अशक्त रोशनी श्रेष्ठ नुवाकोटदेखि शिवको दर्शन गर्न पशुपतिनाथ आएको बताउँदै थिइन् ।

‘स्वास्थ्य राम्रो होस् भनेर व्रत बसेकी हुँ, अशक्त व्यक्तिका लागि लाईन बस्नु नपर्ने व्यवस्था रहेछ, त्यसैले सीधै मन्दिर आउन पाइयो ।’, रोशनीले खुशी व्यक्त गरिन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ४ : १४ बजे

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौं– सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  महालेखा परीक्षकको कार्यालयको

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

सिड्नी- अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी