गाँजाको सेवनले गुम्न सक्छ मानसिक सन्तुलन « Khabarhub

गाँजाको सेवनले गुम्न सक्छ मानसिक सन्तुलन


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कानूनले गाँजाँलाई लागू पदार्थको रुपमा परिभाषित गर्दै गाँजा उत्पादन, विक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

सरकारले गाँजाको प्रयोगमा प्रतिवन्ध लगाएपनि महाशिवरात्री पर्वमा भने गाँजालाई शिवको प्रसादको रुपमा खुलमखुल्ला प्रयोग र विक्री गर्ने गरेको पाइन्छ । सरकारले गाँजाको विक्री वितरण र प्रयोग गर्न नपाईने भने पनि शिवरात्रीमा मेला लाग्ने शिव मन्दिरहरुमा सातुसन्त देखी युवायुवातीहरु गाँजा सेवन गरीरहेका भेटिन्छन् ।

नेपालमा गाँजाको प्रयोगमा प्रतिवन्ध रहेपनि कतिपय देशले गाँजाको प्रयोगले फाइदा हुने भन्दै यसको प्रतिवन्ध हटाएको पनि छ । गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने भन्दै अध्ययन अनुसन्धान समेत भइरहेको छ ।

गाँजाको विषयमा चिकित्सा विज्ञानमा भइरहेको अनुसन्धानलाई आधार मानेर युवायुवतीहरु गाँजाको प्रयोगतर्फ उत्पेरित समेत भइरहेका छन् । गाँजाको प्रयोग औषधिको रुपमा हुनेबारे अध्ययन भए पनि यसको प्रत्यक्ष रुपमा सेवन गर्दा मानव स्वास्थ्यलाई असर पर्ने चिकित्सकहरु बताउँछन् ।

गाँजाको सेवनबाट तत्कालीन र दिर्घकालीन रुपमा धेरै असरहरु रहेको मानोचिकित्सक डा. रितेश थापाले बताए ।

‘गाँजाको सेवनले हाम्रो शरीरको हरेक अंग र मस्तिष्कमा पनि असर पुर्‍याउँछ, गाँजाको सेवनबाट तत्काल र दीर्घकालीन असरहरु धेरै नै छन्,’ डा थापाले खबरहबसँग भने, ‘लामो समय गाँजाको सेवन गर्नेहरु पछि मानसिक सन्तुलन गुमाएर मानसिक अस्पतालमा उपचार गराइरहेका थुप्रै केशहरु छन् ।’

डा थापाका अनुसार गाँजाको सेवन यस्ता असर देखिन्छन्

– मुटुको धड्कन बढ्ने,

– रक्तचाप बढ्ने,

– आँखा रातो हुने,

– नभएको कुराहरु पनि देख्ने,

– भोक बढी लाग्ने,

– मुख सुक्ने,

– स्मरण शक्ती कमजोर भएको महशुस हुने,

– मन डराउने,

– छटपटी हुने,

– रुने , कराउने,

धेरै युवायुवतीहरु शिवरात्रीमा गाँजा सेवन पछि यस्ता समस्या दखिएर उपचारका लागि अस्पताल समते पुग्ने गरेको डा. थापाको भनाइ छ । डा. थापाका अनुसार ‘शिवरात्रीको दिन दिन त हो’  भन्दै गाँजा सेवनको सुरुवात गर्नेहरु पछि बानी लागेर दुर्व्यसनीमा समेत फस्ने गरेका छन् ।

उनी भन्छन्, ‘शिवरात्रीको दिन गाँजा आएको थिए, त्यसपछि हप्तामा एकपटक दुईपटक हुँदै खाने बानी पर्‍यो कसरी छुटाउने भन्दै युवाहरु अस्पतालमा आइपुग्छन् ।’

मानसिक रुपमा अस्वास्थ्य वा तनाव भइरहेको व्यक्तिले गाँजा सेवन गर्दा उनीहरुमा छिटो असर देखिने डा. थापा बताउँछन् ।

‘एकदिन गाँजा सेवा गर्दा सबैलाई नकारात्कम असर पर्छ भन्ने पनि हुँदैन तर जो व्यक्तिमा पहिला देखी नै तनाव, कामको लोड, डिप्रेसन छ भने गाँजाको सेवनले उनीहरुलाई असर पर्ने सम्भावना बढि हुन्छ,’ डा थापा भन्छन्, ‘यस्ता समस्यामा रहेका व्यक्तिले गाँजा खादा पचाउँन सक्दैनन् र उनीहरुमा बानी पर्‍यो भने, मानसिक सन्तुलन समेत गुम्ने अवस्थामा पुग्छन् ।’

शिवरात्रीमा मात्र नभइ अन्य समयमा गाँजाको लतमा फसेर धेरै युवाहरुले आफ्नो भविष्य जोखिममा पारिहेको डा. थापाको भनाइ छ । गाँजा, चरेस जस्ता लागुपदार्थको सेवनको असरले मानसिक सन्तुलन गुमाएका धेरै युवाहरु सुधारकेन्द्रमा छन् । त्यसैले गाँजाको सेवन गर्नुभन्दा पनि सकारात्मक तवरले यस्ता पर्वहरु मनाउनुपर्ने डा थापाको सुझाव छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : २९ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा