कामदार ठग्ने १९६ म्यानपावर बन्द (सूचीसहित) « Khabarhub

कामदार ठग्ने १९६ म्यानपावर बन्द (सूचीसहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठग्ने १९६ म्यानपावर कारबाहीमा परेका छन् । रोजगारको प्रलोभन देखाएर विभिन्न देशमा अलपत्र पार्ने म्यानपावर कम्पनीको ईजाजत सरकारले बन्द गरेको हो ।

वैदेशिक रोजगारीमा कामदार पठाउदाँ ठगी गर्ने तथा अलपत्र पर्ने नेपालीको संख्या बढ्न थालेपछि सरकारले नियमनमा कडाई गर्न थालेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अर्थिक वर्ष २०६५/६६ पछि ठगी गर्ने १ सय ९६ म्यानपावर कम्पनी बन्द भएका छन् ।

पटक-पटक कारबाहीमा परेका, कम्पनी दर्ता गरेर नवीकरण समयमा नगर्ने, वैदेशिक रोजगारीमा कामदार पठाएर विदेशमा अलपत्र पार्ने र रोजगारदाता देशमा समस्यामा परेका श्रमिक समयमा उद्धार नगर्ने म्यानपावर कम्पनीको इजाजत नै खारेज गरेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ८० भन्दा बढी म्यानपावर कम्पनी खारेज गरेको विभागको तंथ्याकमा उल्लेख छ । विभागले बन्द गरेका म्यानपावर कम्पनीका नाममा कसैले कारोबार गरेको पाइएमा कडा कानूनी कारबाही हुने वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापँगाईले बताए ।

बन्द म्यानपावरका सञ्चालकलाई अर्को कम्पनी चलाउन पनि प्रतिबन्द लगाएको उनले बताए । ‘राज्यले रोजगारीका नाममा धेरै विकृति मच्चाउने म्यानपावरमाथि निगरानी गरिरहेको छ । वैदेशिक रोजगार ऐन विपरित काम गर्ने म्यानपावरलाई कानूनी कारबाही हुन्छ,’ उनले भने, ‘पछिल्लो समय विभागले द्रुतगतिमा काम गरिरहेको छ । रोजगार पीडितले दिएको उजुरीका आधारमा म्यानपावरमाथि अनुगमन गरिरहेको छ।’

विभागले जिल्ला तहका प्रहरी कार्यालयसँग सहकार्यमा गरेर वैदेशिक रोजगारीका उजुरी सकंलन गरिरहेको उनको भनाइ छ । ‘विभागले पछिल्लो समय पीडितको उजुरीको आधारमा तत्काल अथवा एकै दिनमा मुद्दाको सुनुवाइ गर्दै आएको छ,’ महानिर्देशक चापगाईंले भने, ‘विभागले पछिल्लो समय व्यक्तिगत र संस्थागत मुद्दालाई छुट्याएर हेर्न थालिएको छ । रोजगारीका नाममा भइरहेको ठगीलाई रोक्न विभागले सूचना प्रवाह गर्ने योजना छ ।’

विभागमा म्यानपावर कम्पनीमार्फत ठगिएको भन्दै दैनिक १० जनाभन्दा धेरै कामदार उजुरी लिएर आउने गरेका छन् । गएको केही वर्षयता यूरोप र विकासित मुलुकको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी र तिनका प्रतिनिधि एजेन्टले ठूलो रकम ठगी गर्दै आएका छन् ।

कतिपय म्यानपावर कम्पनीले आफूले विभागमा राखेको धरौटीभन्दा धेरै रकम ठगी गरेको उजुरी विभागमा दर्ता भएका छन् । वैदेशिक रोजगार ऐनमा ३ पटकसम्म कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीका नाममा दर्जनभन्दा बढी उजुरी पर्ने गरेका छन् । विभागमा चालु आर्थिक वर्षका सात महिनामा व्यक्तिगततर्फका ६ सयभन्दा धेरै मुद्दा दर्ता भएका छन् । म्यानपावरका नाममा ७ सयभन्दा धेरै उजुरी विभागमा दर्ता भएका छन् ।

आर्थिक वर्ष शुरु भएको सात महिनाभित्र रोजगारीका नाममा कामदारलाई दुःख दिने र ठुलो आर्थिक ठगी गर्ने १ सयवटा म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर कारवाहीको दायरामा ल्याएको विभागले जानकारी दिएको छ ।

पछिल्लो समय म्यानपावर कम्पनीले विभिन्न देशमा कामदार पठाएर अलपत्र पार्दै आएका छन् । उनीहरुको समयमै उद्धार नहुँदा समस्यामा पर्नेको संख्या पनि बढ्दो छ। विभिन्न म्यानपावर कम्पनी, बिचौलिया र एजेन्टमार्फत विदेशमा गएर दुःख पाएकालाई सरकारले विदेशस्थित कुटनीतिक नियोगको सहयोगमा उद्धार गर्दै आएको छ ।

बन्द १९६ म्यानपावरको सूची

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ५९ बजे

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको

ट्रम्पको सैन्य शक्तिमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी संसदबाट पारित

काठमाडौं – अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित

इरान–अमेरिका तनावले बेलायतको ऊर्जा रणनीतिमा असर

लण्डन – इरान युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द