म्यानचेस्टरले बर्नलीलाई ४-१ ले हरायो « Khabarhub

म्यानचेस्टरले बर्नलीलाई ४-१ ले हरायो


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा बर्नलीलाई ४–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः दोस्रो स्थानमा फर्किएको छ । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेर एक गोल खाएको हो ।

उसका लागि गाब्रिएल जिससले २४ र ५० औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ६८ औँ मिनेटमा रोड्री तथा ८७ औँ मिनेटमा रियाद महरेजले गोल गरे । बर्नलीका लागि ब्राडीले ८९ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीको १५ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलेको लेस्टर सिटी तेस्रो स्थानमा झरेको छ र उसको पनि ३२ अंक नै छ ।

मंगलबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई १–० ले पराजित गरेको क्रिष्टल प्यालेस १५ खेलबाट २१ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : २९ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत