म्यानचेस्टरले बर्नलीलाई ४-१ ले हरायो | Khabarhub Khabarhub

म्यानचेस्टरले बर्नलीलाई ४-१ ले हरायो


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा बर्नलीलाई ४–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः दोस्रो स्थानमा फर्किएको छ । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेर एक गोल खाएको हो ।

उसका लागि गाब्रिएल जिससले २४ र ५० औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ६८ औँ मिनेटमा रोड्री तथा ८७ औँ मिनेटमा रियाद महरेजले गोल गरे । बर्नलीका लागि ब्राडीले ८९ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीको १५ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलेको लेस्टर सिटी तेस्रो स्थानमा झरेको छ र उसको पनि ३२ अंक नै छ ।

मंगलबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई १–० ले पराजित गरेको क्रिष्टल प्यालेस १५ खेलबाट २१ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : २९ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर