अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्ने होडबाटै बाहिरिइन कमला « Khabarhub

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्ने होडबाटै बाहिरिइन कमला


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी कमला ह्यारिस उम्मेदवारी प्राप्त गर्ने होडबाट बाहिरिएकी छन् ।

क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा जस्तो समर्थन नदेखेपछि बाहिरिने घोषणा गरेकी छन् । गएको जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उनको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो ।

अभियान चल्दै जाँदा र बहसहरुको चरण पार गर्दै जाँदा धेरै नेताहरुको दाबी रहेको डेमोक्र्याटिक फिल्डमा कमला संकटमा पर्दै गएकी थिइन् । गएको नोभेम्बरमा पैसाको अभावका कारण ह्यारिसको चुनावी अभियानको बाल्टिमोर स्थित हेडक्वाटर तथा न्यू ह्यामशर र क्यालिफोर्निया स्थित कार्यालयका कर्मचारीलाई कामबाट निकालिएको थियो ।

५५ वर्षकी कमला ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हुन् र उनलाई डेमोक्र्याटिक पार्टी भित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो।

तर उनी उम्मेदवारी होडमा सबैभन्दा अघि रहेका जो बाइडेन, बर्नी सान्डर्स र एलिजाबेथ वारेनसँगको प्रतिस्पर्धामा खरो उत्रन सकिनन् ।

क्यालिफोर्नियाको ओक्ल्याण्डमा गएको जनवरीमा २२ हजार मानिसको भिड मार्फत उम्मेदवारीको दाबी गर्दा उनलाई प्रमुख दाबेदार बन्न सक्ने ठानिएको थियो । गएको जुनमा भएको टेलिभिजन बहसमा पूर्व उपराष्ट्रपति जो बाइडेनमाथि रंग भेदको विषयलाई लिएर आक्रमण रुपमा प्रस्तुत भएपछि सर्वेक्षणहरुमा उनी राम्रो अवस्थामा देखिएकी थिइन् । तर पछिल्ला महिनाहरुमा उनी निरन्तर आरालो लाग्दै गएकी थिइन् ।

ह्यारिसले पछिल्ला महिनाहरुमा चुनावी अभियान चलाउनका लागि पैसाको अभावका कारण निकै समस्या भएको र यसले गर्दा आफू जीवनको कठीन निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन् । आफ्नो चुनावी अभियानका लागि आफै पैसा लगानी गर्नका लागि आफू अर्बपति नरहेकाले समस्या भएको उनले उल्लेख गरेकी छन् ।

ह्यारिसका श्रीमान डग्लस एमहोफले ह्यारिसको समर्थनमा ट्वीट गरेका छन् । ह्यारिसले आफ्ना समर्थकलाई लेखेको पत्रको केही अंश ट्वीट गरेकी छन् र सबैलाई धन्यबाद भनेकी छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : १७ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ