गाउँभरि मौरीपालन, एक जना मौरी पालकले कमाउँछन् वर्षको २ लाख २५ हजार « Khabarhub

गाउँभरि मौरीपालन, एक जना मौरी पालकले कमाउँछन् वर्षको २ लाख २५ हजार


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।

मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पुर्‍याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो, गाउँभरिमा ५० भन्दा बढी मौरी घार छन्”, गौतमले भने ।

परम्परागत मुढे घार छाडेर किसानले आधुनिक घारमा मौरीपालन गरेका छन् । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुन्छ । मौरीपालनमा किसानको आकर्षण देखेर गलकोट नगरपालिकाले गत आवमा अनुदानमा आधुनिक घार उपलब्ध गराएको थियो ।

अनुदान, तालीम पाएमा मौरीपालन थप विस्तार गर्न सकिने किसान बताउँछन् । बरेखानी मौरीपालनका लागि उत्तम भूगोल र हावापानी भएको गाउँ हो । वर्षको दुई याममा मह तयार हुने किसान पुनाराम गौतमको भनाइ छ । उनका अनुसार असोज–मङ्सिर र चैत–जेठमा मह काढ्ने बेला हुन्छ ।

उत्पादन गर्न सके महलाई बजारको खाँचो छैन । हटिया, हरिचौरलगायत बजार क्षेत्रबाट बढी माग आउँछ । विदेशमा समेत कोसेलीका रूपमा बरेखानीको मह पुग्ने गरेको छ । “कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ”, पुनारामले भन्नुभयो ।

मौरीपालन थप विस्तार गर्ने उनको योजना छ । ‘तरकारी गाउँ’ ले चिनिने बरेखानीलाई मौरीपालनले अर्को चिनारी दिएको छ । गाउँका किसानको मुख्य पेशा तरकारी खेती हो । झण्डै ५० रोपनीमा व्यावसायिक तरकारी खेती छ । बरेखानीमा रहेका आठ घरधुरीमा स्थायी बसोबास गर्नेको सङ्ख्या त्यस्तै २२/२४ छ ।

जनसङ्ख्या र भूगोलले सानो भए पनि बरेखानी उत्पादनका हिसाबले अगाडि छ । त्यहाँका किसानले २५ वर्षअघि देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । प्रत्येक घरले वार्षिक पाँच/सात लाख रुपैयाँ तरकारी बेचेरै कमाउँछन् । किसानले पशुपालनलाई पनि अँगालेका छन् । कमाइको स्रोत भैँसीको दूध पनि हो ।

युवापुस्ता शहरी क्षेत्र र विदेश लागेपछि पाका किसानले गाउँको कृषि धानेका छन् । अधिकांश घरमा श्रीमान्/श्रीमतीमात्र छन् । शरीर र स्वास्थ्यले साथ दिउञ्जेल कृषिमै रमाउने किसानको सोच छ । कठिन भूगोलका कारण कृषि उपजको बजारीकरणमा भने किसानले समस्या झेल्दै आएका छन् ।

गाउँदेखि दुई किलोमिटर तलसम्म सडक पुगे पनि त्यो नियमित चल्दैन । दैनिक डेढ घण्टा तरकारी बोकेर मध्यपहाडी लोकमार्गसम्म पुर्‍याउनुपर्ने बाध्यता छ । गाउँको मुख्य समस्या सडक नै रहेको स्थानीयवासी चन्द्रमणि गौतमले बताए । “यातायातको सुविधा नहुँदा कृषि उपज बजार लैजान समस्या छ”, उनले भने ।

नगरपालिकाले बरेखानी जोड्ने सडकका लागि चालु आवमा रु चार लाख ५० हजार बजेट छुट्याएको छ । उक्त बजेट मर्मतमै ठिक्क हुने स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ०२ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त