एक जनाले दान गरेको आँखाको नानी ४ जनाका लागि यसरी हुन्छ तयार « Khabarhub

एक जनाले दान गरेको आँखाको नानी ४ जनाका लागि यसरी हुन्छ तयार


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँखा दान गर्न मिल्छ भन्ने तपाईंलाई थाहा छ ? छैन भने थाहा पाउनुस्, स्वस्थ आँखा भएका व्यक्तिले मृत्युपश्चात आफ्नो आँखाको नानी दान गर्न सक्छन् ।

त्यसका लागि देहावसान हुनु अघि नै आँखाको नानी दान गर्ने इच्छापत्रमा मञ्जुरी दिनुपर्छ । आँखाको नानी दान गर्न इच्छापत्रमा मञ्जुरी जनाएका मानिसको मृत्यु भएको ८ घण्टाभित्र आँखाको नानी निकालेमा सो आँखाले दृष्टिगुमाएका व्यक्तिले नयाँ दृष्टि पाउँछन् ।

नेपाल आँखा बैंकले अब एकजना व्यक्तिले दान गरेको दुईवटा आँखाबाट ४ जनालाई दृष्टि प्रदान गर्ने प्रविधि सञ्चालन गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा रहेको नेपाल आँखा बैंकले एकवर्ष अघिदेखि एकजना व्यक्तिको दुईवटा आँखाबाट ४ जनालाई दृष्टि प्रदान गर्न शुरु गरेको हो ।

आँखा बैंकले हालसम्म १५ जनाको आँखाको नानीबाट ६० जनालाई नयाँ दृष्टि प्रदान गरीसकेको आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले खबरहबलाई बताए ।

आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायना

‘हामीले यो नयाँ प्रविधिबाट ६० जनालाई दृष्टि प्रदान गरिसकेका छौं, यो प्रविधिबाट तयार भएको आँखालाई सबै आँखाका डाक्टरले नानी प्रत्यारोपण गर्न सक्नुहुन्न,’ बैंकका व्यवस्थापक त्वायनाले भने, ‘अमेरिकाबाट आएर हाम्रा १२ जना सर्जनहरुलाई तालिम दिनुभएको थियो, हाम्रो तिलगंगा, विराटनगर, भरतपुर, लहानमा रहेका १२ जना चिकित्सकद्वारा यस्तो प्रविधिले तयार पारेको आँखा प्रत्यारोपण हुन्छ ।’

एक व्यक्तिको आँखा ४ जनालाई मिल्ने गरी कसरी बनाइन्छ ?

आँखा दान गर्न इच्छापत्रको फारम भरेका व्यक्तिको मृत्युपश्चात उनीहरुको आँखाको नानी नेपाल आँखा बैंकका प्रतिनिधिले मृत्यु भएको ८ घण्टाभित्रमा निकाल्छन् ।

मृतकको आँखाको नानी लिकालेपछि आँखा बैंकका प्राविधिकले एचआइभी, हेपटाइटिस बी, सी र सिफलिस लगायतका रोगहरुको परीक्षण गर्छन् । ती सबै परीक्षणमा नेगेटिभ आएमा उक्त आँखाको भाग प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर अर्को परीक्षण गरिन्छ ।

आँखाको नानीमा भएका कोषहरुको परीक्षण

सो परीक्षण सकिएपछि आँखाको नानीमा भएको कोषहरुको अवस्था कस्तो छ भनेर परीक्षण हुन्छ । सो परीक्षणमा उक्त आँखा प्रत्यारोपण गर्न मिल्ने भएमा त्यसलाई आँखा बैंकमा भित्रिएको नयाँ प्रविधि ‘लायमिलर टिस्यु प्रोसेसिङ रुम’मा लगिन्छ ।

आँखा बैंकका आइ बैंकिङ ट्रेननर तथा प्राविधिक यजन राज भण्डारीका अनुसार एक व्यक्तिको आँखालाई ४ जना व्यक्तिको लागि उपयुक्त हुने गरी तयार पार्न २० मिनेट लाग्छ ।

भण्डारीका अनुसार एक व्यक्तिको एउटा आँखाको नानीमा ५ वटा तह हुन्छ । लायमिलर टिस्यु प्रोसेसिङ प्रविधिबाट तयार पारिएको आँखालाई माथिल्लो र तल्लो तहमा प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गर्न सकिन्छ । यो प्रविधिबाट तयार पारीएको आँखाका तहहरुबाट दृष्टि समेत राम्रो हुने भण्डारीको भनाइ छ ।

‘यो शुरु भएको एकवर्ष जति भयो, यो चाँहि एउटा आँखाबाट दुईजनामा गरी एक व्यक्तिको दुईवटा आँखाले ४ जनालाई दृष्टि प्रदान गर्न सकिन्छ,’ आँखा बैंकका ट्रेनर भण्डारीले भने, एकजनाको आँखालाई ४ जनामा राख्न मिल्ने गरी तयार पार्न निकै संवेदनशील भएर आँखाको तहहरु प्रविधिको माध्ययमबाट छुट्याउँछौं । त्यसरी तयार पारेको तहहरु आँखाका सर्जनहरुले दृष्टि नहुनेहरुमा सहज रुपमा राख्न सक्छन् ।’

टिस्यु प्रोसेसिङ हुँदै

आँखा बैंकका ट्रेनर भण्डारीका अनुसार दाताले दिएको आँखाको तह छुट्याउन ‘मोरिया’ नाम गरेको मेसिनको प्रयोग हुन्छ । सो मेसिनमा नाइट्रोजन ग्यास हुन्छ ।

उक्त ग्यासले ‘टर्वाइन’को माध्ययमबाट आँखाको तहहरु काटिन्छ । त्यसरी टिस्यु प्रोसेसिङमा काम गर्ने प्राविधिकले निकै संवेदनशील भएर आँखाको तह छुट्याउनुपर्छ । टवाईनको सहयोगमा आँखाको तह काट्दा ध्यान दिएर २ देखि ४ सेकेन्ड भित्रमा तह छुट्याइसक्नु पर्छ ।

त्यसरी आँखाको तह काट्दा काट्नु अघि र काटिसकेपछि त्यसको मोटाइ प्याकिमेटर नाम उपकरणबाट नापिन्छ । सो नापपछि प्राविधिकले नै आँखाको कुन भाग अगाडी र कुन भाग पछाडिको हो भनेर छुट्याएर आँखालाई असर पर्ने कलर प्रयोग गरिन्छ ।

टर्वाइनको माध्ययमबाट आँखाको तहहरु छुट्याइँदै

दाताले दिएको आँखालाई टिस्यु प्रोसेसिङ प्रविधिले छुट्याउँदा धेरै व्यक्तिमा दृष्टि प्रदान गर्न सकिने आँखा बैंकका ट्रेनर भण्डारीको भनाइ छ ।

‘हामीले दृष्टि गुमाएका आँखाका विरामीलाई दृष्टि प्रदान गर्न यो प्रविधिबाट आँखाको तहहरु छुट्याउने गरेका छौं । दाताले दिएको एउटा आँखाबाट दुईतहमा छुट्याएर माथिल्लो तह र तल्लो तहमा हुने सर्जरीमा प्रयोग गर्न सकिन्छ ।’ भण्डारीले भने, ‘यसरी तयार पारिएको आँखालाई सर्जनहरुले सहज रुपमा तयार पछौं ।

यसरी तयार पारिएको आँखालाई चिकित्सकले सहज रुपमा आँखाको नानीमा समस्या भएका बिरामीलाई प्रत्यारोपण गर्न सकिने आँखा बैंकका ट्रेनर भण्डारीले बताए ।

आँखामा राख्न तयारी गरिएको नानी

८० हजार नेपालीद्वारा आँखा दान गर्ने प्रतिवद्धता

नेपालमा २०५१ साल अगाडि विभिन्न कारणले आँखाको दृष्टि गुमाएकाहरुले नेपालमा उपचार पाउँदैन थिए ।

२०५१ सालदेखि तिलगंगा आँखा प्रतिष्ठानमा नेपाल आँखा बैंक स्थापना भएपछि भने मोतियाविन्दु तथा विभिन्न कारणले आँखाको दृष्टि गुमाएकाहरुले नेपालमै ज्योति पाउन थाले ।

आँखा बैंकको तथ्यांकको अनुसार पहिलो पटक आँखा दान गर्ने काठमाडौंकी चिनिमाया तुलाधर थिइन् । उनी पहिलो पटक दुबै आँदा दान गर्ने पहिलो व्यक्ति हुन् ।

आँखा बैंकको स्थापना पछि हालसम्ममा ८० हजार व्यक्तिले मृत्युपछि आँखादान गर्ने प्रतिवद्धता जनाइसकेको आँखा बैंकका व्यवस्थापन त्वायनाले बताए ।

बैंकमा वार्षिक रुपमा १३ सय आँखाहरु प्राप्त भइरहेको उनको भनाइ छ । बैंकमा प्राप्त हुने आँखाहरुमा वार्षिक रुपमा १२ सय सम्म आँखाहरु प्रत्यारोपणका लागि योग्य हुने गरेको आँखा बैंकका व्यवस्थापन त्वायनाको भनाइ छ ।

बैंकको तथ्याकका अनुसार हालसम्म १२ हजार दृष्टिविहीनहरुले नेपालीले दानगरेको आँखाबाट नयाँ दृष्टि पाइसकेका छन् ।

तस्वीर– अदीप श्रेष्ठ/ खबरहब

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : २९ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा