१३ औं साग अपडेट : नेपालले जित्यो २५ औं स्वर्ण « Khabarhub

१३ औं साग अपडेट : नेपालले जित्यो २५ औं स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले २५ स्वर्ण जितिसकेको छ ।

आज (बुधबार)भएका २ स्पर्धामा २ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या २५ पुर्‍याएको हो ।

करातेको ६८ केजीमाथिको तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक दिलाएकी छन् । उनले पाकिस्तानी खेलाडीलाई ६÷३ को सेटमा हराउँदै स्वर्ण हात पारेकी हुन् ।

त्यस्तै आजै भएको उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्यस्तै नेपालले १२ कास्य पदक जितेको छ भने रजत पदकको संख्या ९ छ ।

यसअघि मंगलबारसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ३३ बजे

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल

काठमाडौं महानगरपालिकाको रैथाने मौलिक खाद्य मेला २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको