युनेस्कोले प्रदेश दुईलाई विभेद गरेको नेता साहको आरोप « Khabarhub

युनेस्कोले प्रदेश दुईलाई विभेद गरेको नेता साहको आरोप


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–विश्व सम्पदाका लाागि नेपालबाट युनेस्कोले तयार पारेको १० वटा सूचीमा प्रदेश नम्बर २ बाट एउटा पनि नपर्नु दुर्भाग्यपूर्ण भएको भन्दै नेकपा नेता प्रभु साहले आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रदेशमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका थुप्रै सम्पदाहरु हुँदाहुँदै युनेस्कोले कुनै एकलाई पनि अन्तर्राष्ट्रिय मान्यता नदिनु विभेद भएको बताएका हुन् ।

साथै उनले बाराको गढीमाई र जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न माग गरेका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने र लाखौं तिर्थालु एवम पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गराउन पहल गर्न सरकारसंग माग गरेका छन् ।

“हाम्रो प्रदेशमा गढीमाई, सिम्रौनगढ, जानकी मन्दिरलगायत धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहरहरु छन् । प्रदेश नम्बर २ हरेक हिसाबले सम्पन्न छ । चाहे धार्मिक रुपमा होस चाहे सांस्कृतिक रुपमा होस या चाहे ऐतिहासिक धरोहरहरुको उपलब्धता होस् । त्यती हुँदाहुँदै पनि कुनै वास्ता नगरिनु युनेस्कोको विभेदकारी काम हो । त्यसैले म आग्रह गर्न चाहन्छु कि कम्तिमा गढीमाई र जानकी मन्दिरलाई विश्व सम्पदामा समेटियोस ।” अध्यक्ष साहले भने ।

अध्यक्ष साहले थपे, “गढीमाईको पौराणिक इतिहास त छदैछ साथसाथै विश्वकै ध्यान केन्द्रित गर्ने महामेला पनि लाग्ने गर्दछ । विशेष ऐतिहासिक भुमी सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके यसले मधेशको गौरव बढाउनेछ । त्यसैले सरकार र युनेस्कोले यसमा पहल गरिदिन अनुरोध गर्दछु ।”

हाल नेपालका १० वटा सम्पदा युनेस्कोले सुचीकृत गरेको छ जसमध्ये प्रदेश नम्बर २ मा एउटा पनि परेको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : २६ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल