सबैभन्दा पहिले त आफू बाँच्नुपर्‍यो: सौगात मल्ल « Khabarhub

सबैभन्दा पहिले त आफू बाँच्नुपर्‍यो: सौगात मल्ल


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – कुनै बेला अभिनेता सौगात मल्लले भन्ने गर्थे – मलाई हरेक फिल्ममा फरक भूमिका निभाउन पाए हुन्थ्यो भन्ने रहर हुन्छ ।

हुन पनि सौगातले केही त्यस्ता फिल्ममा अभिनय गरेका छन्, जुन फिल्मको चरित्रले उनलाई नयाँ जीवन दिएको छ ।

एक खाले फिल्ममा अभिनय गरिरहेका सौगातले जब ‘लूट’ मा हाकु कालेको चरित्र निर्वाह गरे, त्यसपछि उनको हाइप एकाएक बढ्यो ।

सौगातले आफ्नो अभिनय कला त फिल्म ‘कागबेनी’ मा देखाइसकेका छन् । ‘लूट’ ले त झन् हाकु कालेको परिचय नै दियो । ‘दासढुंगा’ मा पनि सौगात फरक भूमिकामा थिए । धेरै दर्शकले सौगातलाई ‘नोटिस’ पनि गरेनन् ।

तर, पछिल्लो समय भने सौगातलाई सधै एउटै अभिनय गरेको आरोप लाग्ने गरेको छ । यो आरोपलाई सौगातले पनि स्वीकार्छन् । यसलाई उनले बाँच्नका लागि गरेको कामका रुपमा हेर्छन् ।

अहिले आएर सौगात फिल्म पाउनुलाई ठूलो सफलता मान्न थालेका छन् । भन्छन्, ‘सङ्ख्यात्मक रुपमा मैले केही फिल्म बढी गरिरहेको छु कि भन्ने पनि लाग्छ तर एउटा समय यस्तो पनि हुँदो रहेछ, सबैभन्दा पहिले त आफू पनि बाँच्नुपर्‍यो ।’

‘अहिलेको समयअनुसार सर्भाइभ हुनलाई पनि पैसा चाहिन्छ, शायद अरु कमाइको स्रोत भएको भए छानेर फिल्म खेल्थेँ होला,’ सौगातले भने, ‘मलाई पनि लाग्छ, अहिलेका फिल्ममा मैले केही फरक गर्न सकेको छैन ।’

कुनै बेला आफूलाई हिरो हुन्छु भन्ने सोच आएको र त्यतिबेला फिल्म छानेर अभिनय गर्ने सोच बनाएको बताए । अहिले भने सौगातले अभिनयलाई काम पाउने पेशाका रुपमा हेर्ने गरेका छन् ।

पछिल्लो समय सौगातले अभिनय गरेका कुनै फिल्मले पनि आशा गरिएअनुरुप व्यापार गर्न सकेका छैनन् । त्यसो त नेपालमा केही फिल्मले मात्र व्यापार गरेका छन् ।

प्रदर्शनका क्रममा रहेको फिल्म ‘माछा माछा’ बाट भने आफू केही आशावादी भएको सौगातले बताए ।

निर्देशन सुनिल गुरुङले सौगातलाई फिल्ममा अनुबन्ध गर्न २ वर्ष कुरेका थिए । उनले यो फिल्मको स्क्रिप्ट वि.सं. २०७२ अघि नै तयार पारेका थिए ।

‘यो फिल्मको स्किृप्ट मन परेको हो, पहिलेदेखि नै चिनेको टिम भएकाले काम गर्नमा रुचि भयो, पछि कथाको न्यारेसन नै मलाई चित्त बुझ्यो,’ उनले अगाडि थपे ।

सौगातले हरेक फिल्मबाट कुनै न कुनै अपेक्षा हुने पनि बताए । उनका अझै केही फिल्म रिलिज हुन बाँकी छन् । फिल्म हलमा खासै नचले पनि सौगातका फिल्म एकपछि अर्को गर्दै आइरहेका छन् ।

‘फिल्मको स्किृनप्ले राम्रो भयो भने त्यो फिल्म नै राम्रो हुने रहेछ, भएन भने एउटा दृश्य मात्र हिट हुने रहेछ,’ सौगातले प्रतिप्रश्न गर्दै भने, ‘नेपालमा फिल्म पनि त त्यस्तै बन्दै आइरहेका छन् नि, तपाईंले यो फिल्ममा त सौगात हुनुपर्ने थियो भन्ने लागेको कुनै फिल्म रिलिज भएका छन् र?’

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ३ : १२ बजे

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी