सबैभन्दा पहिले त आफू बाँच्नुपर्‍यो: सौगात मल्ल | Khabarhub Khabarhub

सबैभन्दा पहिले त आफू बाँच्नुपर्‍यो: सौगात मल्ल


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – कुनै बेला अभिनेता सौगात मल्लले भन्ने गर्थे – मलाई हरेक फिल्ममा फरक भूमिका निभाउन पाए हुन्थ्यो भन्ने रहर हुन्छ ।

हुन पनि सौगातले केही त्यस्ता फिल्ममा अभिनय गरेका छन्, जुन फिल्मको चरित्रले उनलाई नयाँ जीवन दिएको छ ।

एक खाले फिल्ममा अभिनय गरिरहेका सौगातले जब ‘लूट’ मा हाकु कालेको चरित्र निर्वाह गरे, त्यसपछि उनको हाइप एकाएक बढ्यो ।

सौगातले आफ्नो अभिनय कला त फिल्म ‘कागबेनी’ मा देखाइसकेका छन् । ‘लूट’ ले त झन् हाकु कालेको परिचय नै दियो । ‘दासढुंगा’ मा पनि सौगात फरक भूमिकामा थिए । धेरै दर्शकले सौगातलाई ‘नोटिस’ पनि गरेनन् ।

तर, पछिल्लो समय भने सौगातलाई सधै एउटै अभिनय गरेको आरोप लाग्ने गरेको छ । यो आरोपलाई सौगातले पनि स्वीकार्छन् । यसलाई उनले बाँच्नका लागि गरेको कामका रुपमा हेर्छन् ।

अहिले आएर सौगात फिल्म पाउनुलाई ठूलो सफलता मान्न थालेका छन् । भन्छन्, ‘सङ्ख्यात्मक रुपमा मैले केही फिल्म बढी गरिरहेको छु कि भन्ने पनि लाग्छ तर एउटा समय यस्तो पनि हुँदो रहेछ, सबैभन्दा पहिले त आफू पनि बाँच्नुपर्‍यो ।’

‘अहिलेको समयअनुसार सर्भाइभ हुनलाई पनि पैसा चाहिन्छ, शायद अरु कमाइको स्रोत भएको भए छानेर फिल्म खेल्थेँ होला,’ सौगातले भने, ‘मलाई पनि लाग्छ, अहिलेका फिल्ममा मैले केही फरक गर्न सकेको छैन ।’

कुनै बेला आफूलाई हिरो हुन्छु भन्ने सोच आएको र त्यतिबेला फिल्म छानेर अभिनय गर्ने सोच बनाएको बताए । अहिले भने सौगातले अभिनयलाई काम पाउने पेशाका रुपमा हेर्ने गरेका छन् ।

पछिल्लो समय सौगातले अभिनय गरेका कुनै फिल्मले पनि आशा गरिएअनुरुप व्यापार गर्न सकेका छैनन् । त्यसो त नेपालमा केही फिल्मले मात्र व्यापार गरेका छन् ।

प्रदर्शनका क्रममा रहेको फिल्म ‘माछा माछा’ बाट भने आफू केही आशावादी भएको सौगातले बताए ।

निर्देशन सुनिल गुरुङले सौगातलाई फिल्ममा अनुबन्ध गर्न २ वर्ष कुरेका थिए । उनले यो फिल्मको स्क्रिप्ट वि.सं. २०७२ अघि नै तयार पारेका थिए ।

‘यो फिल्मको स्किृप्ट मन परेको हो, पहिलेदेखि नै चिनेको टिम भएकाले काम गर्नमा रुचि भयो, पछि कथाको न्यारेसन नै मलाई चित्त बुझ्यो,’ उनले अगाडि थपे ।

सौगातले हरेक फिल्मबाट कुनै न कुनै अपेक्षा हुने पनि बताए । उनका अझै केही फिल्म रिलिज हुन बाँकी छन् । फिल्म हलमा खासै नचले पनि सौगातका फिल्म एकपछि अर्को गर्दै आइरहेका छन् ।

‘फिल्मको स्किृनप्ले राम्रो भयो भने त्यो फिल्म नै राम्रो हुने रहेछ, भएन भने एउटा दृश्य मात्र हिट हुने रहेछ,’ सौगातले प्रतिप्रश्न गर्दै भने, ‘नेपालमा फिल्म पनि त त्यस्तै बन्दै आइरहेका छन् नि, तपाईंले यो फिल्ममा त सौगात हुनुपर्ने थियो भन्ने लागेको कुनै फिल्म रिलिज भएका छन् र?’

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ३ : १२ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले