चिसोमा ओठा फुट्ने समस्याले पीडित हुनुहुन्छ ? यसो गर्नुहोस् | Khabarhub Khabarhub

चिसोमा ओठा फुट्ने समस्याले पीडित हुनुहुन्छ ? यसो गर्नुहोस्


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम शुरु भइसकेको छ । हाम्रो शरीरले न्यायो खोज्न थालिसकेको छ । जाडो मौसममा छाला सुख्खा हुने गर्छ । जसले गर्दा छाला फुट्ने समस्या हुन्छ ।

छाला मात्र होइन चिसोका कारण ओठ पनि सुख्खा हुने र फुट्ने गर्छ । ओठलाई मानिसको सौन्दर्यको प्रतिकको रुपमा पनि लिइन्छ । त्यसैले ओठ फुट्ने समस्याले सबैलाई तनाव दिन्छ ।

ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा पोल्ने गर्छ । त्यतिमात्र होइन धेरै सुख्खा भएर ओठ फुटेमा हाँस्दा समेत दुख्ने र रगत बग्ने सम्भावना पनि हुन्छ ।

बाहिरको मौसम बढी चिसो हुँदा ओठमा रहेको ग्रन्थिहरुले कम तेल निकान्छ र फुट्न थाल्छ ।

ओठ फुट्न नदिने के गर्ने ?

हाम्रो शरीर र स्वास्थ्यलाई सामान्य तरिकाले ख्याल गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

ओठ फुट्न नदिन घरेलु विधिहरु पनि अपनाउन सकिन्छ । ओठ फुट्न नदिन चिसो वातावरणमा जानुअघि ओठमा चिल्लो पदार्थ वा लिप गार्डको प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने समस्या भएका व्यक्तिहरुले ओठलाई चलाउने, जिब्रोले चाट्ने गर्छन् । यस्तो बानीले ओठ झनै सुख्खा भएर फुट्ने गर्छ । त्यसैले ओठलाई जिब्रोले चलाउने बानी गर्नु हुँदैन ।

मह, घीउ, नरिवलको तेल, दूधको तर आदि हलुका तरिकाले ओठमा लगाउदा पनि ओठ फुट्ने समस्या कम हुन्छ ।

चिसो मौसममा मानिसहरु पानी पिउन पनि अल्छि गर्छन् । ओठ तथा शरीरको छाला फुट्ने समस्या पानीको कमिले पनि हुन्छ । त्यसैले अल्छिपना हटाएर नियमित रुपमा प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ५८ बजे

कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

झापा– कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डुको भोग (तस्बिरहरू)

काठमाडौं– आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजा

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट