बालबालिकालाई कति र कसरी खुवाउने खाना ? « Khabarhub

बालबालिकालाई कति र कसरी खुवाउने खाना ?


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

६ महिना पुरा भएपछि बालबालिकालाई आमाको दूधबाट मात्र पोषक तत्वहरु पुग्दैन । त्यसैले ६ महिना पुरा भएका बालबालिकाहरुलाई आमाको दूधसँगै थप खाना पनि खुवाउनुपर्छ ।

बालबालिकालाई थप खाना खुवाउँदा उसको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा पनि ख्याल गर्नुपर्छ ।

कति उमेरकालाई के खुवाउने ?

६ देखि ९ महिनासम्मः ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधसँगै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ । खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट शुरु गर्नु पर्दछ ।

९ देखि १२ महिनासम्मः ९ देखि १२ महिनासम्मको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनु पर्दछ । खाजामा केरा, अण्डा जस्ता खानेकुरालाई समावेश गर्नु पर्दछ ।

१२ देखि २४ महिनाः १२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ ।

हरेक दिनको थप खानामा पनि अन्न वा कन्दमूल, गेडागुडी,तेलहन, पशुपंक्षिजन्य श्रोतका खानेकुरा जस्तै दूध तथा दूग्ध पदार्थ, माछारमासु, अण्डा, र हरियो सागपात र फलफूल समूह मिलाएर खुवाउनु पर्दछ ।

लिटो, जाउलो, गहुँ, कोदो, मकै, फापर, दाल, पालुङ्गो, मिचेको केरा, तरबुजा र खरबुजा, मेवा, स्याउ र मिचेको काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी, अण्डा, माछा, मासु आदि खुवाउनु पर्दछ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : ०९ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक