पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान « Khabarhub

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १४ बुधे मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयू)प्रतिको टिप्पणीको आलोचना गर्दै वासिङ्टनलाई आफ्नो प्रतिबद्धता नमान्ने र अमेरिकी दुर्व्यवहारलाई जवाफदेहिताको आह्वान गरेको आरोप लगाएका छन् ।

समाजिक सञ्जाल एक्समा बाघाईले कूटनीतिप्रति वासिङ्टनको अवहेलना फेरि एकपटक उजागर भएको उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले इस्लामाबाद एमओयूमा कहिल्यै विश्वास नगरेर यसलाई समयको बर्बादी र कूटनीतिक प्रतिबद्धताहरूको फितलो पक्षलाई उजागर गरेको जनाएका छन् । 

उनले थपे ‘इरानका लागि यो नयाँ कुरा होइन ,वासिङ्टनसँग आफ्ना प्रतिबद्धताहरू अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वहरू असुविधाजनक हुँदा आफुअनुकुल व्यवहार गर्ने प्रचलन लामो समय देखि गर्दै आएको छ ।’

उनले वासिङ्टनलाई दिएको प्रतिक्रियाका लागि युरोपेली राज्यहरू लगायतको आलोचना गर्दै वासिङ्टनले अमेरिकी दुर्व्यवहारलाई वैद्य पार्नु र यसलाई जवाफदेहिताबाट जोगाउनका लागि युरोपेली राज्यहरू र अन्य समर्थकहरूका लागि कुनै औचित्य भएको बताए । 

‘टुटेको प्रतिबद्धतालाई माफ गर्न सकिँदैन, अन्तर्राष्ट्रिय कानून चयन गरेर लागू गर्न सकिँदैन, र कुनै पनि रुपमा राजनैतिक नैतिकताले वासिङ्टनलाई जवाफदेहिताबाट मुक्त गर्न सक्दैन’ उनले जोड दिए।

इरानसँगको द्वन्द्वमा ट्रम्पको हालैको बयानको बीचमा यो टिप्पणी आएको हो । बुधबार  टेक्सासको लुब्बकमा एउटा र्‍यालीमा बोल्दै अमेरिकी राष्ट्रपतिले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको र तेहरानलाई सन् १९७९ देखि वासिङ्टनविरुद्ध द्वन्द्व गरेको आरोप लगाए। 

अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको दावी गर्दै ट्रम्पले इरानले अमेरिकाविरुद्ध सन् १९७९ देखि नै युद्ध  जारी राखि महान अमेरिकी व्यक्तिहरू तथा सैनिकहरूको हत्या गरेको र धेरैलाई घाइते बनाएको जनाएका छन् । 

उनले यस अघिका अमेरिकी नेताहरूले यस मुद्दालाई नसल्टाएकोमा थप आलोचना गर्दै  समस्या धेरै पहिले नै सुल्झाउनु पर्ने  तर उनीहरूसँग यो साहस वा बुद्धिमत्ता नभएको उल्लेख गरेका छन् । 

इरानमा युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नलाई सम्बोधन गर्दै ट्रम्पले जब म यो युद्ध समाप्त गर्न चाहन्छु त्यही समयमा हुन्छ भने। 

यसैबीच, इजरायलमा चुनावको नतिजा पर्खिरहेका समयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जेरुसेलमको अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर बिन्येनी हाउमामा रहेको लिकुड पार्टीको निर्वाचन मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै वासिङ्टनसँगै इरानले निम्त्याएको खतरालाई सम्बोधन गर्ने अवसर रहेको बताएका छन् । 

यसैबीच, मङ्गलबार इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले तनावको बीचमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद (एसएनएससी) का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको बैठकपछि राष्ट्रिय र क्षेत्रीय सुरक्षाको रक्षा गर्न स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम राख्ने महत्वलाई जोड दिए।

हर्मुजको जलमार्गको महत्वलाई प्रकाश पार्दै खमेनीले आपसी हितका आधारमा छिमेकी देशहरूसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउन पनि जोड दिए ।

युद्ध न त शान्ति को विद्यमान अवस्थाको अन्त्य गर्न पनि आह्वान गर्दै खमेनीले देशको रक्षामा जनताको सहभागिता कायम राख्न सक्रिय सञ्चारमा जोड दिए । 
रेजाईले इरान विरुद्धको कुनै पनि सैन्य कारबाहीको परिणाम भोग्नुपर्ने चेतावनी दिएको केही दिनपछि यो टिप्पणी आएको हो । 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ५ : १८ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान