विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह « Khabarhub

विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिना भित्र गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् ।

नागरिक उड्ययन प्राधिकरणले विराटनगरमा आयोजना गरेको विराटनगर विमानस्थलको गुरु योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रदेश १ लाई पर्यटनको सर्वोत्कृष्ट गन्तव्य बनाउन विमानस्थलको स्तरोन्नती आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राँईले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिदै विराटनगरवाट लुक्काका साथै हिमाली उडानमा सवैको सहयोग रहने बताए ।

उनले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र रहेको भएको प्रदेश नं १ मा यसको विकासवाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेकोको बताउदै तीव्र गतिमा आर्थिक विकासका लागि सवैसंगको सहकार्य गर्ने धारणा व्यक्त गरे ।

विराटनगरलाई आधार बनाएर भारत बङ्गलादेशसम्मका पर्यटकहरु भित्राउने योजना रहेको बताउँदै विराटनगर विमानस्थलको गुरु योजनालई परम्परागत तवरले मात्र नसोच्न उहाँले आग्रह गरे । विराटनगर विमानस्थललाई क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रदेश सरकारले संघिय सरकारसंग सहकार्य गर्ने बताए ।

उनले प्रदेश सरकारले विराटनगर विमानस्थलाई प्रदेशको आर्थिक संमृद्धिको महत्वपूर्ण अंग मानेको बताउँदै यहाँबाट माउण्टेन फ्लाइट, अन्तर प्रदेश स्तरीय उडान र छिमेकी देशसंगको उडान चाडै सञ्चालन हुनेगरी कार्य अगाडि बढाउन संघिय सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : १७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर