जापानले लिएको नर्सिङ केयर गिभर परीक्षामा सबै फेल, भाषा परीक्षामा एक जनामात्र पास « Khabarhub

जापानले लिएको नर्सिङ केयर गिभर परीक्षामा सबै फेल, भाषा परीक्षामा एक जनामात्र पास


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले पहिलो चरणका लिएको नर्सिङ केयर गिभरको परीक्षामा सवै परीक्षार्थी असफल भएका छन् ।

रोजगारीका लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नर्सिङ केयर गिभरमा कोही जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा भने १ जना मात्र पास भएका छन् ।

भाषा परीक्षामा सहभासग हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नर्सिङ केयर गिभर र भाषा परीक्षामा सामेल गराइएको थियो ।

पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छानिएकोमा ४ सय ९७ जनाले मात्र परीक्षा दिएका थिए । जसमा ५६ जना मात्र उतीर्ण भए । उतीर्ण भएकाहरुमध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परिक्षणमा १५ जना सहभागी भएको फाउन्डेसनले जानकारी दिएको छ ।

भाषा परीक्षामा सहभागिमध्ये १ जना मात्र पास भए भने सीप परीक्षामा कसैले पास गर्न नसकेको जापान फाउन्डेसनले जनाएको छ ।

सीप परीक्षामा सबै असफल भएपछि पहिलो चरणमा जापान रोजगारीका लागि कोही जान नपाउने भएका छन् ।

नेपाल र जापानको श्रम समझदारी अनुसार भाषा र सीप दुवैमा उत्रिण भएपछि मात्र जापान जान पाइने व्यवस्था छ । तर, सिप परिक्षणमा पहिलो चरणमा सहभागी भएका मध्ये १ जना पनि पास नभएपछि जापान जाने प्रक्रिया पहिलो चरण सकिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : २३ बजे

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको