जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स पौडेल विरुद्ध भ्रष्टाचारको अरोप « Khabarhub

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स पौडेल विरुद्ध भ्रष्टाचारको अरोप


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स कल्पना पौडेल विरुद्ध भ्रष्टाचारको अरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका कार्यरत पब्लिक हेल्थ छैटौं तहकी नर्स पौडेलले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

नर्स पौडेलले परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी ८१ हजार को फर्जि भरपाई गरेको अख्तियारको ठहर छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार नर्स पौडेललाई ८१ हजार विगो असुलउपर गर्नुपर्ने मागदावी गर्दै विशेष अदालतमा आज आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ०२ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी