डीएसपी कुमुद ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति « Khabarhub

डीएसपी कुमुद ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अदालतले नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेललाई पक्राउ गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

चोरी तथा लुटपाटमा संलग्न व्यक्तिसँग संलग्न रहेर आपराधिक गतिविधि गरेको भन्दै प्रहरी प्रधान कार्यालयले यसअघि नै निलम्वन गरिसकेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा गत चैत २६ गते काठमाडौंको रानीबारीमा भएको लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका विकास श्रेष्ठसँग डीएसपी ढुंगेलको फोन सम्पर्क भएको देखिएको थियो ।

प्रहरीसँगको बयानका क्रममा पक्राउ परेका श्रेष्ठले चोरी गरेको दिन आफूले डीएसपी ढुंगेलसँग भेटेको बताएका थिए ।

ढुंगेलले यसअघि पनि केही आपराधिक घटनाको अनुसन्धानलाई प्रभावित गर्न भूमिका खेलेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

कर्तव्य ज्यान, संगठीत अपराध लगायतको कसुरमा हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत डीएसपी ढुंगेलले पटक पटक सम्पर्क गरेका देखिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : २८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर