साग पुरुष फुटबल– श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपाललाई १–० को अग्रता « Khabarhub

साग पुरुष फुटबल– श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपाललाई १–० को अग्रता


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भए ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले श्रीलंका विरुद्धको खेलमा सुनिल बलको स्थानमा रेजिन सुब्बालाई स्थान दिएका थिए ।

नेपालले पटक–पटक पाएका गोल अवसर गुमाउँदा पहिलो हाफमा १–० को मात्रै अग्रता बनाएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : ०२ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव