साग पुरुष फुटबल– श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपाललाई १–० को अग्रता « Khabarhub

साग पुरुष फुटबल– श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपाललाई १–० को अग्रता


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भए ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले श्रीलंका विरुद्धको खेलमा सुनिल बलको स्थानमा रेजिन सुब्बालाई स्थान दिएका थिए ।

नेपालले पटक–पटक पाएका गोल अवसर गुमाउँदा पहिलो हाफमा १–० को मात्रै अग्रता बनाएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : ०२ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ