शुल्क समायोजन भएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थीले दिए परीक्षा « Khabarhub

शुल्क समायोजन भएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थीले दिए परीक्षा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी मेडिकल कलेजले बढी विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि बीडीएस प्रथम वर्षकाका विद्यार्थीहरूले बोर्ड परीक्षा दिएका छन् ।

गण्डकी मेडिकल कलेजले एमबीबीएस तथा बीडीएसका प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि विद्यार्थीहरूले बुधबारदेखि शुरू भएको बीडीएसको परीक्षा दिएका हुन् ।

शुल्क समायोजन भएपछि बिहीबारदेखि हुने एमबीबीएस प्रथम वर्षको परीक्षा पनि नियमित रूपमा संचालन हुने गण्डकी मेडिकल कलेजका पिन्सिपल प्राध्यापक डाक्टर रवीन्द्र श्रेष्ठले बताए ।

उनलेे भने, ‘हाम्रोमा एमबीबीएस बीडीएसको शुल्क समायोजनको विषयमा समस्या छैन, कलेजले पहिला नै शुल्क समायोजन गर्ने भनिसकेको थियो द्रोस्रो किस्ता तिर्ने बेलामा समायोजन हुने भनेर, त्यसैले आज बीडीएसको परीक्षा राम्रोसँग भयो, र भोलिदेखि एमबीबीएसको परीक्षा पनि संचालन हुन्छ ।’

गण्डकी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क समायोजन गरि बुधबारदेखि शुरू भएको स्नातक तह प्रथम वर्षको परीक्षा निर्वाद रूपमा संचालन भएको भन्दै शिक्षा मन्त्रालयमा पनि जानकारी गराएको छ ।

शुल्क समायोजनको विषयमा गण्डकी मेडिकल कलेजले स्वास्थ्य मन्त्रालयलाई पठाएको जानकारी पत्रमा पहिलो र दोस्रो वर्षको विद्यार्थीको शुल्क समायोजन गरिएको जनाएको छ । यस्तै शुल्क समायोजन हुन बाकी विद्यार्थीलाई लेखा शाखामा सम्पर्क गर्ने भनेको पत्रमा उल्लेख छ ।

गण्डकी मेडिकल कलेजले एमबीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थीसँग लिएको बढी शुल्कको विषयमा चिकित्सा शिक्षा आयोगको निर्णय गरेपछि नै फिर्ता गर्ने समेत जनाएको छ ।

शुल्कको विषयलाई लिएर गण्डकी मेडिकल कलेजका विद्यार्थीहरूले पहिलो पटक आन्दोलन गरेका थिए । विद्यार्थीहरूले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज प्रशासन विरूद्ध उजुरी समेत दिएका थिए ।

विद्यार्थी को लामो समयको आन्दोलन पछि गण्डकी मेडिकल कलेजले पहिलो र दोस्रो वर्षको विद्यार्थी को शुल्क समायोजन गरेको हो । गण्डकी मेडिकल कलेजले तेस्रो र चौथो वर्षको विद्यार्थीको भने अझै शुल्क फिर्ता गरेको छैन । तेस्रो र चौथो वर्षका विद्यार्थीले शुल्क फिर्ताको माग गर्दै आएका छन् ।

चितवन र युनिभर्सलमा विद्यार्थीले परीक्षा दिएनन्

बुधबारदेखि शुरू भएको स्नातक तह प्रथम वर्षको परीक्षामा चितवनको चितवन मेडिकल कलेज, विरगंजको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी सहभागी भएनन् । उनीहरूले आफ्नो सबै माग पूरा गरी, सबै संकायका विद्यार्थीसँग लिएको बढी फिर्ता हुनुपर्ने भन्दै परीक्षा सेन्टर अगाडि विरोध प्रदर्शन गरेका थिए ।

यस्तै चितवन मेडिकल कलेजका विद्यार्थीहरूले परीक्षा बिहष्कार गर्दै प्रवेश पत्र समेत जलाएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ३६ बजे

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल