उपनिर्वाचनको अनुभव– राजनीतिक दलहरुले ‘पुरानो बानी’ सुधारे ! « Khabarhub

उपनिर्वाचनको अनुभव– राजनीतिक दलहरुले ‘पुरानो बानी’ सुधारे !


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय निर्वाचनको समयमा राजनीतिक दलहरुले आचरसंहिताको पालना गर्ने कार्यमा सुधार भएको पाइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले उपनिर्वाचन पर्यवेक्षण २०७६ बारे जानकारी दिनका लागि बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

पहिले–पहिले निर्वाचनको समयमा विभिन्न किसिमका मानवीय क्षति र मतदान केन्द्रसमेत दलहरुले आफ्नो कब्जामा लिने गरेका अभ्यास रहेको पनि बताएका थिए । गत १४ गते भएको उपनिर्वाचनका बारेमा जानकारी दिँदै नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले शून्य समयमा राजनीतिक दलहरुले मत आफ्नो पक्षमा पार्नका लागि विभिन्न किसिमका क्रियाकलाप गरेको बताए ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन डा आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन कहिले गर्ने भन्ने विषय निर्वाचन ऐनमै समावेश गर्नुपर्ने सुझाव दिए ।

निर्वाचनपश्चात मतगणना कार्य पनि निर्वाचनस्थलमै गर्दा आर्थिक भार कमसँगै समयको बचत हुँदा मत परिणाम पनि छिटो गर्न सक्ने बताए । नियोकले उपनिर्वाचनका लागि ४ तहमा आफ्ना प्रतिनिधि खटाएको थियो । ३७ जिल्लाको ५२ तहमा गत १४ गते उपनिर्वाचन भएको थियो ।

कार्यक्रममा सहभागीहरुले ३० प्रतिशत मतदाता देश बाहिर रहेकाले उनीहरुलाई पनि आगामी निर्वाचनको समयमा सहभागी गर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : १५ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले