नेपाललाई पछि पार्दै सागको अंक तालिकामा अघि लाग्यो भारत « Khabarhub

नेपाललाई पछि पार्दै सागको अंक तालिकामा अघि लाग्यो भारत


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको अंक तालिकामा नेपाल भारतसँग पछि परेको छ ।

चौथो दिनको खेल सकिँदा भारतले नेपाललाई अंक तालिकामा पछि पारेको हो ।

३२ स्वर्ण जितेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने २९ स्वर्ण मात्रै जित्न सकेको नेपाल दोस्रो स्थानमा झरेको छ ।

भारतले अहिलेसम्म ३२ स्वर्ण, २३ रजत, १३ कास्य गरी ६८ पदक हात पारेको छ भने नेपालले २९ स्वर्ण, १५ रजत र २५ कास्य गरी ६९ पदक हात पारेको छ ।

नेपालपछि ९ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५४ पदक जितेको पाकिस्तान तेस्रो स्थानमा छ ।

यस्तै, ८ स्वर्ण, २३ रजत र ३८ कास्य पदक जितेको श्रीलंका अंक तालिकाको चौथो स्थानमा रहँदा १ स्वर्ण र २ कास्य गरी ३ पदक जितेको माल्दिभ्स पाँचौं स्थानमा छन् ।

भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन । जम्मा ४ पदक मात्रै जितेको भुटान अंक तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ३८ बजे

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल