अनमोल केसी भन्छन्, ‘नेपाली फिल्मकर्मी प्रतिस्पर्धी होइनौँ, परिवार हौँ’ | Khabarhub Khabarhub

अनमोल केसी भन्छन्, ‘नेपाली फिल्मकर्मी प्रतिस्पर्धी होइनौँ, परिवार हौँ’


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवामाझ अनमोल केसीको आफ्नै क्रेज छ । त्यसो त उनको अभिनय कमजोर भएको भन्दै फिल्म क्षेत्रमा प्रश्न उठ्दै नउठ्ने पनि होइन । थोरै र छानेर मात्र सीमित फिल्ममा अभिनय गर्ने अनमोलका फिल्म केही समयको ग्यापपछि रिलिज हुने कारण पनि उनका फिल्मको बढी चर्चा हुने गर्छ ।

शुक्रवार काठमाडौंमा फिल्म ‘क्याप्टेन’ को ट्रेलर रिलिज कार्यक्रम थियो । उक्त कार्यmक्रममा अनमोल केसी फिल्मका मुख्य दुई अभिनेत्री प्रियंका एमभी र उपासना सिंह ठकुरीसँगै उपस्थित थिए । कार्यक्रममा भुवन केसी, निर्देशक दिवाकर भट्टराई, कलाकार सुनील थापा तथा अन्य कलाकार उपस्थित थिए ।

फिल्मको ट्रेलर सार्वजनिक लगत्तै अनमोलले पत्रकार तथा कार्यक्रममा उपस्थित गेस्टलाई सोधे, ‘फिल्म कस्तो लाग्यो?’

उपस्थितले ट्रेलर मन परेको प्रतिक्रिया दिए । त्यसपछि उनले सबै नेपाली फिल्मकर्मीहरु फिल्म क्षेत्रको एउटा परिवार भएको र एउटा फिल्म अर्को फिल्मसँग प्रतिस्पर्धा नगरेको धारणा राखे । उनले भने, ‘हामी नेपाली कलाकार प्रतिस्पर्धी होइनौँ, हाम्रा प्रतिस्पर्धा त बलिउड र हलिउडका फिल्म हुन् ।’

नेपाली फिल्म रिलिजका क्रममा एकपछि अर्को गर्दै फिल्म जुधिरहेका बेला उनको भनाइलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।
फिल्म ‘कृ’ पछि पर्दामा नआएका अनमोल ‘क्याप्टेन’ क्याप्टेनमार्फत पर्दामा देखिँदैछन् । यो चलचित्रका लागि अनमोलले कडा मेहनत गरेको बताएका छन् । यो फिल्मका लागि अनमोलले खेलाडी देखिने आफ्नो तौल घटाएका थिए भने फुटबल खेलाडी हरि खड्कासँग प्रशिक्षण समेत लिएका थिए ।

ट्रेलर र एउटा गीत सार्वजनिक भइसकेको यो फिल्म आउँदो फागुन १७ गतेदेखि नेपालभर रिलिज हुँदैछ । चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको छ भने भुवन केसीले फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ०५ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न