एपीएफले जित्यो महिला भलिबलको उपाधि « Khabarhub

एपीएफले जित्यो महिला भलिबलको उपाधि


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- ढोरपाटन महिला डलब लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ । एक खेल अगाडीनै उपाधि जितेको एपीएफ क्लबले आइतबार भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई २५–१८, २५–२०, १९–२५, २५–१५ को सेटमा हराउँदै उपाधि जितेको हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल महिला भलिबल टोलीलाई २६–२४, २०–२५, २५–१२, २५–१४ को सेटमा स्तब्ध बनायो । विजेता एपएिफले १४ खेलबाट ४२ अंक बनाएको थियो ।

दोस्रो भएको पुलिसले ३४ अंक बटुल्यो । तेस्रो भएको हार्मीले ३२ अंक जोड्यो । उपाधिसँगै एपीएफले तीनलाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख र तेस्रो भएको आर्मीले एक लाख रुपैयाँ प्राप्त गर्यो ।

एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, आर्मीकी शान्ती थारु उदियमान खेलाडी, पश्चिमाञ्चलकी अरुणा शाही वर्ष खेलाडी, पुलिसकी कोपिला राना प्लेय अफ दि सिरिज र गोरखाका भीम प्रसाद देवकोटा भाग्यमानी दर्शक भए । उनीहरु सबैले सुजुकी स्कुटर पाए ।

यसैगरी पुलिसकी उशा भण्डारी उत्कृष्ट स्पाइकर, पुलिसकै कमला पुन सेटर, आर्मीकी सोफिया पुन ब्लकर, आर्मीकी सुनिता खड्का क्विकर, पुलिसकी शान्ति तामाङ डिफेन्डर, एपीएफकी नेविका चौधरी सर्भर र एपीएफकै ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्टले जनही ६ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ६ : ४६ बजे

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह

काठमाडौं– विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत