दक्षिण कोरिया जाने कामदारले जान्नै पर्ने मुख्य विषय « Khabarhub

दक्षिण कोरिया जाने कामदारले जान्नै पर्ने मुख्य विषय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । यसको राजधानी सोल हो । कोरियाको अरु प्रमुख शहरहरु बुसान, इन्चोन, डाइजोन, ग्वाँङजु हो । मुख्य भाषा कोरियन हो । तर अंग्रेजी भाषा पनि त्यत्तिकै प्रयोग हुन्छ । कोरिया रोजगारीका लागि आउने विदेशी कामदारले अनिवार्य कोरिया भाषा जानुपर्छ । कोरिया सरकारले विदेशी कामदारलाई विषेश सेवा सुविधा र बेग्लै ऐन बनाएको छ ।

कोरियन मुद्रालाई वन हो । सय वन बरावर झण्डै १० रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको घटबढ भएसँगै उतारचढाव भइरहन्छ । दक्षिण कोरियन नागरिक बौद्ध र क्रिश्चियन धर्म मान्छ । कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ ।

कोरिया सरकारले नेपाली कामदार ईपीएस प्रणाली अन्र्तगत रोजगारीको लागि सन् २००८ देखि लिन थालेको हो । ईपीएस कोरिया शाखाका अनुसार सम्झौता हुनुअघि आफ्नै तरिकाले झण्डै ४ हजार कामदार कोरिया गएका थिए । कोरियामा अहिले झण्डै ५६ हजार नेपाली कामदार छन् ।

जसमा ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा काम गर्छन् । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन । रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ । त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् । भाषासँगै सीप पनि सिक्न जरुरी छ । भाषा परीक्षा र सीपवापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ । रोजगारीका लागि कोरिया पुगेपछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् ।

भाषा परीक्षा पास गर्ने सबै युवा कोरिया जान पाउँदैनन । किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदारको संख्या भन्दा निक्कै बढी पास हुन्छन् । दक्षिण कोरियामा नेपालको दूतावास राजधानी सोलमा छ । कुनै समस्या परेमा सोलस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

आप्रवासी कामदारलाई भाषा र संवाद सम्बन्धी अप्ठयारो परेमा आप्रवासी सहायता नम्बर १६४४–०६४४ मा सम्पर्क गरी नेपाली भाषाको लागि १२ थिचेर आफ्ना समस्या राख्न दूतवासमा टिपाउन सकिन्छ ।

न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्राष्ट्रिय विषयमा, मृत्यु र कर्मकाण्ड, ठगी, आक्रमण, नागरिक मुद्दा साथै अन्य समस्या राख्न सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २१ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई