यूएईका जेलमा १ सय ८८ पुरुष र १२ महिला | Khabarhub Khabarhub

यूएईका जेलमा १ सय ८८ पुरुष र १२ महिला


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई- रोजगारीका लागि यूएई पुगेका १ सय ८८ जना पुरुष र १२ जना महिला विभिन्न अभियोगमा जेल परेको यूएईस्थित आबुधावी नेपाली दूतवासले जानकारी दिएको छ ।

दूतावासले गत डिसेम्बर महिनामा यूएईको सातवटा इमिरेट्समा रहेका ८ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली यूएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ ।

मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झै–झगडाका कारण १ सय १६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा ८ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् ।

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न ७, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न ५ र अन्य कानुनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ ।

२२ नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । दूतावासका अनुसार १ सय ८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् ।

सारजाह सेन्ट्रल कारागारमा ७ पुरुष र ३ महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र ४ महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र ४ महिला तथा अजमान सेन्ट्रल कारागारामा ४ पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ ।

रसअल खैइमा सेन्ट्रल कारागारमा ४ पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक–एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ४७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने