अधिकांश ट्राफिक लाइट बेकामे, एक अर्कालाई दोष लगाएर पन्छिए जिम्मेवार निकाय | Khabarhub Khabarhub

अधिकांश ट्राफिक लाइट बेकामे, एक अर्कालाई दोष लगाएर पन्छिए जिम्मेवार निकाय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारमा राखिएको छ ट्राफिक लाइट । तर, त्यो लाइट न त बल्छ, न त कुनै सिग्नल नै दिन्छ । सडकमा राखिएको यो जीर्ण ट्राफिक लाइटले यहाँबाट ओहोरदोहर गर्ने प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरुलाई गिज्याइरहेको छ । त्यो त प्रतिनिधीमुलक उदाहारण मात्र हो, राजधानीकै मुख्य चोकहरुमा राखिएका अधिकांश ट्राफिक लाइटले काम गर्दैनन् ।

यस्तो छ अवस्था

२०२३ सालमा राजधानीका प्रमुख २० चोकमा जापानी सहयोग नियोग (जाइका) ले ट्राफिक लाइट जडान गरिदिएपछि नेपालका सडकमा ट्राफिक लाइटको व्यवस्था सुरु भएको थियो । समयक्रमसँगै राजधानीमा सडक विस्तार हुँदै गए, सवारीसाधन भित्रिने क्रम बढ्दै गयो । २०५० को दशकमा जापान सरकारले नै राजधानीका थापाथली, त्रिपुरेश्वर, माइतीघर, पद्मोदय मोड, नयाँ बानेश्वर, कोटेश्वर, सातदोबाटो, केशरमहल, लैनचौर, महाराजगन्ज चक्रपथमा ट्राफिक लाइट थप गरिदियो । तर मर्मतसम्भार नगरिंदा ट्राफिक लाइट बिस्तारै जीर्ण बन्दै गएपछि सवारीचालक र पैदल यात्री ट्राफिक प्रहरीको सिठ्ठी र हातको इसारामा चल्नुपर्ने अवस्था छ ।

उपत्यकाका २८ व्यस्त चोकमध्ये मुख्य सडकका पाँच र सहायक सडकका दुई स्थानमा मात्र ट्राफिक लाइटको आंशिक प्रयोग हुँदै आएको छ । अन्यत्र ट्राफिक प्रहरीको इसाराबाटै सडक व्यवस्थापन हुँदै आएको छ । फराकिला पारिएका सडकमा हजारौं संख्यामा सवारी आवतजावत गर्छन् । तर सडकमा ट्राफिक व्यवस्थापन फितलो हुँदा घन्टौं जाममा पर्न बाध्य छन् राजधानीका सडक प्रयोगकर्ता । किन बल्दैनन् त राजधानीका सडकमा राखिएका ट्राफिक लाइट ? अनि किन मर्मत गरिदैन विग्रिएका ट्राफिक लाइट ?

महानगरीय ट्राफीक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्त मर्मत गर्ने काम सडक विभागको भन्दै पन्छिए । यता ट्राफिक लाइट जडान र मर्मतको जिम्मेवारी पाएको निकाय सडक विभागका प्रवक्ता मुक्ती गौतम भने पुराना ट्राफिक लाइट मर्मत नगरी ती ठाउँमा नयाँ ट्राफिक लाइट जडानको तयारीमा रहेका बताउँछन् ।

विभागका अनुसार, जाइकाले जडान गरेका ट्राफिक लाइट मर्मत गर्न झन्झटिलो रहेको छ । त्यसैले विभाग बोलपत्र आह्वान गरी नयाँ ट्राफिक लाइट जडान गर्ने तयारीमा छ । एउटा चोकमा पँँचदेखि सात लाख रुपैयाँसम्ममा ट्राफिक लाइट जडान गर्न सकिन्छ । तर १५ लाख रुपैयाँभन्दा माथिका मात्र टेन्डर परेको विभाग स्रोतको दाबी छ । यसमा पनि ठूलै रकमको खेल भएको बुझिएको छ । यस अघि नै राजधानीको ट्राफिक व्यवस्थापनमा एसियाली विकास बैंक एडिबीले पनि चासो देखाएको थियो । तर लागतभन्दा दोब्बर बढीका आवेदन परेपछि एडिबीका तीनवटा टेन्डर फेल भए । यसैगरी एडिबीको ५१ प्रतिशत अनुदान र सरोकारवाला निकायको ४९ प्रतिशत लगानीमा जडान गर्ने गरी आएको विदेशी अनुदान ‘फ्रिज’ भइसकेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ५७ बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको