घाँटी दुख्ने र खोकी लाग्ने समस्या छ, हुन सक्छ थाइराइड, यी हुन् समस्या « Khabarhub

घाँटी दुख्ने र खोकी लाग्ने समस्या छ, हुन सक्छ थाइराइड, यी हुन् समस्या


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कहिलेकाँही खाना निल्न गाह्रो हुने, घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्छ ।

यस्तो अवस्थामा मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । तर यो समस्या भइरहन्छ र गला अवरुद्ध हुने क्रम लामो समयसम्म चल्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

किनकी यो थाइराइडको समस्या हुनसक्छ । थाइराइडको ग्रन्थी हाम्रो घाँटीमा हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ । तर अनावश्य रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ ।

यस्तो हुन्छ थाइराइड क्यान्सरको लक्षण

घाटी सुन्निन्छ ।
पानी, खाना खान र थूक निल्न गाह्रो हुन्छ ।
गलामा गाठा आएको महशुस हुन्छ ।
विरामी परेजस्तो कमजोर महशुस हुन्छ ।
काम गर्दा बढि थकान महशुस हुन्छ ।
महिलाहरुमा रजस्वला छिटो छिटो सुरु हुन्छ ।
रजस्वलाको समायमा अत्याधिक पिडा हुन्छ ।
शरीरको मांसपेशी तथा जोर्नीहरुमा पिडा महशुस हुन्छ ।

थाइराइड क्यान्सरले लिन्छ ज्यान

थाइराइडको समस्या धेरैजस्तो ३० वर्ष उमेर कटेमा मानिसहरुमा बढि हुन्छ । चिकित्सकको अनुसार थाइराइड क्यान्सर पुरुषमा भन्दा महिलामा तीन गुण बढि हुन्छ । रेडियसन थेरापी गर्ने व्यक्तिहरु थाइराइड क्यान्सरको जोखिममा हुन्छ । विकिरणहरुको कारण थाइराइड हुने सम्भावना धेरै हुने भएकाले कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्रै रेडियसन थेरापी गर्नुपर्छ ।

त्यसैले थाइराइडबाट जोगिन कुनै समस्या भएमा रेडियसन थेरापी गर्नुहुँदैन । थाइराइड वंगाणुगत समस्या भएकाले आफ्नो परिवारमा कसैलाई थाइराइडको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि थाइराइड क्यान्सर हुनसक्छ । त्यसलैले थाइराइड क्यान्सर हुनबाट बच्न समय समयमा थाइराइडको परीक्षण गर्नुपर्छ ।

थाइराइडको लक्षण भएका व्यक्तिहरुमा अल्ट्रासाउण्ड गरेर क्यान्सर भएको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । थाइराइड क्यान्सर भएमा तत्काल अप्रेशन गरी थाइराइड ग्रन्थि काटेर फाल्नुपर्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु