डाइवेटिजका रोगीले यस्ता कुरामा ध्यान दिए औषधि खानु पर्दैन « Khabarhub

डाइवेटिजका रोगीले यस्ता कुरामा ध्यान दिए औषधि खानु पर्दैन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानपान र अस्वास्थ्यकर जीवनशैलीका कारण लाग्ने मधुमेह (डाइवेटिज) को कारण विश्वमा ४१ करोड मानिस पीडिडत छन् ।

नेपालको कुल जनसंख्याको १९ प्रतिशत नेपालीहरुमा मुधुमेहको समस्या रहेको चिकित्सकहरु बताउँछन् । अस्वस्थ्यकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण मधुमेह रोगीहरु बढ्दै गएका छन् । मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैलीमा नै सुधार ल्याउनुपर्छ ।

मधुमेह भएका वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले खानपान र जीवनशैलिमा परिर्वतन गर्न सकेमा धेरै हदसम्म मधुमेह नियन्त्रणमा राख्न सकिन्छ । स्वास्थ्यकर जीवनशैली अपनाउँदा मधुमेहका रोगीले औषधि सेवन गर्न नपर्ने अवस्था पनि आउन सक्छ । मधुमेहबाट हुने जोखिम नियन्त्रणका लागि सुगर लेभल के खानेकुराले लाग्छ भन्दापनि कति मात्रामा खादा लाग्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैले मधुमेहका बिरामीले सुगर कति मात्रामा खानु हुँदैन भनेर ध्यान दिनुपर्छ ।

शरीरलाई कति मात्रामा सुगर आवश्यक पर्छ भन्ने कुरा मानिसको उमेर, उचाई लिङ्ग, तौल, शारीरिक परिश्रम र मानिसले प्रयोग गर्ने औषधिमा निर्भर हुन्छ । त्यसैले मधुमेहका रोगीले डाईटिसियनसँग सल्लाह लिएर खानाको उचित सल्लाह लिनुपर्छ ।

मधुमेहका रोगीले यस्तो कुरामा ध्यान दिनुस्

खानपानमा रेसादार वा खस्रो प्रकारका बस्तुहरु दैनिक रुपमा समाबेस गर्ने । मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले कार्बोहाईड्रेट बढीमात्रामा पाईने वस्तुहरुको प्रयोग कम मात्रामा गर्नुपर्छ ।

अन्नजन्य वस्तु, आलु, तरुल, पीँडालु, सखरखण्ड जस्ता अत्याधिक कार्बोहाईड्रेटको मात्रा भएको खाना ठीक मात्रामा खाने ।
मैदाजन्य परिकारले सुगर लेभल चाँडो बढाउने भएकाले यस्ता वस्तु प्रयोग कम गर्ने ।

मधुमेहका रोगीले यी खानेकुरा प्रशस्त खान सकिन्छ

सादा सलाद जस्तै काँक्रो, मुला, गाँजर, गोलभेडा, प्याज आदि।
सागसब्जी वा सागसब्जीको सुप
पातलो मही, कागती पानी
मधुमेहका रोगीले ध्यान दिनुपर्ने कुरा
खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात चिल्लो कम गर्ने ।
बोसो भएको मासु, भित्री अंगको मासु जस्तै कलेजो, मुटु, फोक्सो आदि नखाने ।

तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परिकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलुचिप्स, तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि नखाने ।

चिनी तथा चिनीजन्य खानेकुरा जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रिम, मह, चाकु, सक्खर, गुलियो बिस्कुट आदि नखाने ।
ताजा फलफुलबाहेक टिनमा बन्द फलफुल तथा फलफुलका जूसहरु नखाने ।
हल्का पेय पर्दाथ जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट आदि नखाने ।
मादक तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।
आफ्नो जीवनशैलि, खानपानलाई परिवर्तन गर्ने ।
दैनिक शारीरिक व्यायाम गर्ने ।
एउटै समयमा खाने बानीगर्ने ।
खानपान फेरबदल गरेर खाने ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : २५ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक