म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजनामा जुकरबर्ग | Khabarhub Khabarhub

म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजनामा जुकरबर्ग


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूक कम्पनीका सीईओ मार्क जुकरबर्गले आफ्ना लोकप्रिय उत्पादनहरु ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको खबर सार्वजनिक भएको छ ।

तीनवटै एप आ–आफ्नो विशेषताअनुसार अलग्गै रहनेछन् । तर, यी एपलाई एउटै प्लेटफर्ममा समेट्ने योजनामा जुकरबर्ग लागेका छन् ।

समाचारमा जनाइएअनुसार एउटा एपबाट अर्को एपमा म्यासेज गर्ने गरी ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्रामलाई इन्टिग्रेट गर्न लागिएको हो । यदि यस्तो फिचर प्रयोगमा ल्याइए तपाईं फेसबूक म्यासेन्टरबाट पनि ह्वाट्सएपका आफ्ना साथीहरुसँग च्याटिङ गर्न सक्नुहुनेछ ।

फेसबूक कम्पनीले यो योजनामा काम भइरहेको जनाए पनि यस्तो फिचर कहिलेदेखि प्रयोगमा आउनेछ भनेर खुलाएको छैन ।

अहिलेसम्म फेसबूक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।

मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबूकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : २६ बजे

सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा

काठमाडाैं – स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा

मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु

गोरखा – मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौं – सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष