भियतनाम युद्धमा हारेको अमेरिका | Khabarhub Khabarhub

भियतनाम युद्धमा हारेको अमेरिका


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दोश्रो विश्वयुद्धमा जापानले अमेरिकासमक्ष आत्मसमर्पण गर्नुअघि हिन्दचीनको ठूलो भूभाग कब्जा गरेको थियो । जापानी आत्मसमर्पणपछि त्यहाँ शक्ति शून्यता पैदा भयो । हुन त त्यहाँ पहिल्यैदेखि स्वतन्त्र भियतनामका लागि भियतमिन्ह नामक साम्यवादी छापामार युद्ध चल्दै थियो ।

भियतमिन्हको प्रभाव खासगरी उत्तरी भियतनाममा केन्द्रित थियो । त्यही क्रममा जापानी साम्राज्यले आक्रमण गर्नुअघि त्यहाँ शासन गरिरहेको फ्रान्सले आफ्नो शासन दाबी गर्‍याे । यसैक्रममा भियतमिन्हका छापामारलाई पराजित गर्नका लागि फ्रान्सले सन् १९५० को दशकको सुरुमा लाओससँग सीमा जोडिएको डिएन बिएन फिउ नामक गाउँमा सैनिक शिविर स्थापना गर्‍याे ।

भियतमिन्हका छापामार लडाकुले त्यहाँ आक्रमण गरी सन् १९५४ मा फ्रेन्च सेनालाई पराजित गरे । त्यसपछि भियतनामबाट फ्रान्सेली सेना फिर्ता भए । भियतनामको विषयलाई लिएर सन् १९५४ मै स्विट्जरल्याण्डको जेनेभा शहरमा सम्मेलन आयोजना गरियो । सम्मेलनमा भियतनामलाई दुई भागमा विभाजन गरियो ।

१७ डिग्री अक्षांश रेखालाई आधार बनाएर उत्तर–दक्षिण गरी दुई भागमा विभाजन गरिएको थियो । उत्तरी भियतनाममा सोभियत संघ तथा कम्युनिष्ट चीनको प्रभाव रहनेगरी कम्युनिष्ट भियतमिन्हको शासन स्थापना गरियो भने दक्षिणी भियतनाममा अमेरिकाको समर्थनमा प्रजातान्त्रिक भियतनाम रह्यो । सम्मेलनमा भियतनाम विभाजनलगत्तै दुबै मुलुकमा चुनाव हुने र त्यसैबाट भियतनाम एकीकरण हुने बताइएको थियो ।

तर, निकै लामो समयसम्म चुनाव हुने लक्षण नदेखिएपछि भियतनामको कम्युनिष्ट पार्टीले दक्षिण भियतनाममा छापामार युद्ध गर्ने प्रस्ताव पारित गर्‍याे । त्यसैअनुसार सन् १९६० मा दक्षिणी भियतनाममा सक्रिय रहनेगरी उत्तरी भियतनामका कम्युनिष्ट नेताले राष्ट्रिय मुक्ति मोर्चा अर्थात् नेशनल लिबरेसन फ्रन्ट नामक छापामार संगठन स्थापना गर्ने घोषणा गरे । मुक्ति मोर्चाले दक्षिणी भियतनामका सैनिकलाई लक्षित गर्दै छापामार युद्ध गर्न थाले ।

समयक्रममा सन् १९६४ मा उत्तरी भियतनामको तटपारी टोन्किनको खाडीमा युएसएस म्याडक्स नामक अमेरिकी युद्धपोतमाथि आक्रमण भयो । आक्रमणलगत्तै अमेरिकी कँग्रेसले तत्कालीन राष्ट्रपति लिण्डन ब्लेज जन्सनलाई दक्षिणपूर्वी एशियामा अमेरिकी स्वार्थको रक्षाका लागि जुनसुकै कदम चाल्ने अधिकार दियो । त्यसपछि औपचारिक रुपमै भियतनाम युद्धमा अमेरिकाको संलग्नता सुरु भयो ।

अमेरिकाले सुरुमा भारी मात्रामा बमवर्षक लडाकु विमानबाट दक्षिणी भियतनाम, उत्तरी भियतनाम तथा लाओसमा बम खसाल्न थाल्यो । तर, यो सँगै दक्षिणी भियतनाममा रहेका अमेरिकी हवाई शिविरमा एकपछि अर्को आक्रमण हुन थाले । यसपछि अमेरिकाले सन् १९६५ मा भियतनाममा रहेका हवाई शिविरको रक्षाका लागि त्यहाँ सेना पठाउन सुरु गर्‍याे ।

सुरुमा भियतनाममा अमेरिकी सेनाको भूमिका अमेरिकी सैनिक सम्पत्तिको रक्षा थियो । तर, युद्ध चर्किँदै जाँदा त्यहाँ रहेका अमेरिकी सेनालाई सैनिक आक्रमण कै लागि पठाउन थालियो । यसक्रममा सुरुमा अमेरिकाले दुश्मनको खोजी गरी नष्ट गर्ने कारबाही चलायो । यसअनुसार अमेरिकाले दक्षिणी भियतनाममा लुकेर बसेका दुश्मनको खोजी गर्ने र अन्त्यमा दुश्मनलाई परास्त गर्ने नीति लियो । यसबाट दक्षिणी भियतनाममा रहेको राष्ट्रिय मुक्ति मोर्चाका लडाकु परास्त हुँदै गए ।

तर, सन् १९६८ मा भियतनाम युद्धमा नयाँ मोड आयो । उत्तरी भियतनामी कम्युनिष्ट नेताहरुले दक्षिणी भियतनाममा व्यापक सैनिक कारवाही गर्ने प्रस्ताव पास गरे । यसअनुसार उत्तरी भियतनामी सैनिक तथा दक्षिणी भियतनाममै रहेका राष्ट्रिय मुक्ति मोर्चाका लडाकु समावेश सेनाले सन् १९६८ मा भियतनामी नयाँ वर्ष टेटको अवसर पारेर व्यापक सैनिक आक्रमण गरे । दक्षिणी भियतनामको राजधानी साइगनसहित अधिका प्रान्तीय राजधानी तथा ठूला शहर आक्रमणको चपेटामा परे ।

अमेरिकी तथा दक्षिण भियतनामी सेनाको जवाफी कारबाहीपछि यो आक्रमणमा उत्तरी भियतनामी सेना तथा राष्ट्रिय मुक्ति मार्चाका लडाकुको नराम्ररी पराजय भयो । तर, यो आक्रमणले अमेरिकामा व्यापक युद्धविरोधी भावना सिर्जना गर्यो । भियतनाम युद्ध र त्यसले निम्त्याएको जनभावनाले त्यसपछि अमेरिकी नेताहरु सतर्क हुन थाले ।

भियतनामबाट अमेरिकी सेना फिर्ता बोलाउने बाचासहित अमेरिकामा रिचर्ड निक्सन राष्ट्रपतिमा विजयी भएका थिए । त्यसै अनुसार दक्षिणी भियतनामी सेनालाई तालिम तथा सैनिक सहायता दिने तर अमेरिकी सेना प्रत्यक्ष युद्धमा सहभागी नहुने भियतनामीकरणको नीति लिइयो ।

त्यसबेला अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर र भियतनामी कम्युनिष्ट पार्टीका नेता ले डक टोबीच पेरिसमा वार्ताको श्रृङ्खला सुरु भइसकेको थियो । वार्तामा कुनै निष्कर्ष निस्कन नसकिरहेका बेला उत्तरी भियतनामले सन् १९७२ मा दक्षिणी भियतनाममा सैनिक आक्रमण गरी ठूलो भूभाग कब्जा गर्यो । त्यसपछि सन् १९७३ मा पेरिसमा युद्धविराम सम्झौता भयो ।

यसअनुसार दक्षिणी भियतनामबाट अमेरिकी सेना हट्दै जाने सम्झौता भयो । अमेरिकी सेना भियतनामबाट फिर्ता भइसकेपछि सन् १९७४ मा उत्तरी भियतनामले दक्षिणमा व्यापक सैनिक आक्रमण गरी सन् १९७५ मा भियतनामलाई कम्युनिष्ट सरकारको शासनमा एकीकरण गर्‍याे । यो युद्धमा करिब ६० हजार अमेरिकी सेनाले ज्यान गुमाए । भियतनाम युद्धलाई अमेरिकी इतिहासमै सबैभन्दा नराम्रो सैनिक पराजयको रुपमा लिइन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ४४ बजे

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा