कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न « Khabarhub

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा अधिवेशनले तीव्रता पाएको छ । महाधिवेशनको पूर्वतयारीका रूपमा असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको हो। अधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरूले उत्साहपूर्वक मतदान गर्दै वडा तहको नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरेका छन् ।

केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ। त्यसअघि वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन समितिका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रमा भने वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ । रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा अधिवेशन बाँकी रहेको समितिले जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा बाँकी रहेका वडा अधिवेशन असोज ५ गते सोमबार पनि निरन्तर सञ्चालन हुने उल्लेख छ। तोकिएको कार्यतालिकाअनुसार बाँकी रहेका वडाको अधिवेशन प्रक्रिया पूरा गर्न सम्बन्धित जिल्ला तथा क्षेत्रका सरोकारवालालाई समितिले आग्रह गरेको छ।

कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीस्वरूप वडा तहदेखि नै संगठनात्मक तथा निर्वाचन गतिविधिलाई अघि बढाएको छ। वडा अधिवेशनबाट निर्वाचित हुने प्रतिनिधिहरू आगामी तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन प्रक्रियामा सहभागी हुनेछन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : ३४ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य