ट्राफिक नियम मिच्ने १७ सय सवारी चालकलाई कारबाही « Khabarhub

ट्राफिक नियम मिच्ने १७ सय सवारी चालकलाई कारबाही


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिए ।

चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट रु आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको छ । साउनमा २४६, भदौमा २१४, असोज ३३२, कात्तिकमा ३५४, मङ्सिरमा २७८ र पुसमा २७६ सावरीसाधनका चालकलाई कारबाही गरिएको हो ।

कारबाही पर्नेमा सबैभन्दा बढी जिपका चालक रहेका छन् । गत आवभन्दा ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ३१ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र