धनगढी प्रिमियर लिग- धनगढी स्टार्सले दुई विदेशी खेलाडी भित्र्यायो « Khabarhub

धनगढी प्रिमियर लिग- धनगढी स्टार्सले दुई विदेशी खेलाडी भित्र्यायो


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ ।

क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

सागर त्रिवेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । राष्ट्रिय टोलीका रणनीतिक खेलाडी (मार्की प्लेयर) अलराउण्डर सोमपाल कामी रहेको धनगढीमा अन्य खेलाडी पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सुनील धमला, सन्दीप रजाली र धिरज छन् ।

प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रूपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि चौराह धनगढी टोलीले जितेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४१ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष