घरको आँगनमा चरेशको थुप्रो, ३ जना पक्राउ « Khabarhub

घरको आँगनमा चरेशको थुप्रो, ३ जना पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले ११ किलो चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–११ रानीघाट बस्ने ५५ वर्षी रामबालक प्रसाद विनको घरबाट प्रहरीले ११ किलो चरेश बरामद गरेको हो ।

प्रहरीका अनुसार विनले घरको आँगनमा थुप्रो पारेर बाँसले छोपेर चरेश लुकाएर राखेका थिए । प्रहरीले विनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा उक्त ११ किलो चरेश तस्करीमा भारत कानपुर बस्ने ४४ वर्षीय मयंक बाजपेइ र मकवानपुरको थाहा नगरपालिका–८ बस्ने सोमलाल थिङ्गलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले चरेशसहित १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारीको रक्सौल घर भएका २६ वर्षीय खर्सेद अन्सारी छन् । उनको साथबाट ४ पोका नरेश बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वीरगन्जबाट राक्सौलतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा अन्सारीको साथमा चरेश फेला परेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र