मेलम्ची ठेकेदार सीएमसीले गरेन नेपाली निर्माण व्यवसायीलाई भुक्तानी « Khabarhub

मेलम्ची ठेकेदार सीएमसीले गरेन नेपाली निर्माण व्यवसायीलाई भुक्तानी


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

सम्झौता अनुसार समयमा काम गरेपछि त्यसको भुक्तानी दिनु आयोजनाको दायित्व भएपनि आयोजना निर्माणका क्रममा नेपाली सहायक निर्माण व्यवसायी, आपूर्तिकर्ता र कामदारले मुख्य निर्माण व्यवसायी इटालियाली कम्पनी सीएमसीबाट अर्बौं रूपैयाँ भुक्तानी लिन बाँकी रहेको महासङ्घले जनाएको हो ।

महासङ्घका महासचिव रोशन दाहालले वक्तव्य जारी गरी विदेशी कम्पनीले नेपालीको भुक्तानी नदिँदा स्वदेशी निर्माण व्यवसायीलाई ठूलो मार परेको उल्लेख गनुभएको छ । त्यस्तै निर्माण सामग्री आपूर्तिकर्ता, मजदुर तथा स्थानीय व्यापारीले लिएको बैंकको ऋण हर्जाना र साहुको ऋण तिर्न नसकी घरबार लिलामीमा जाने अवस्था सिर्जना भएको महासङ्घको भनाइ छ ।

सरकारले अभिभावकको भूमिका निर्वाह गरी सीएमसी कम्पनी वा अन्य स्रोतबाट भुक्तानीको प्रत्याभूति गराउन महासङ्घले विज्ञप्तिमार्फत माग गरेको छ । नेपाली निर्माण कम्पनीलाई बेवास्ता गर्दै विदेशी निर्माण कम्पनीबाट सञ्चालित ठूला निर्माण आयोजना बीचमै अलपत्र परेकाले यसबाट पाठ सिक्दै भविष्यमा यस्ता आयोजनाको काम गराउँदा स्वदेशी निर्माण व्यवसायीलाई संलग्न गराउन पनि महासङ्घले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ०३ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको