भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनमा नेकपा सचिवालय « Khabarhub

भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनमा नेकपा सचिवालय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भेनेजुएलयामा बिकसित राजनीतिक घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार बसेको सचिवालय सदस्यको २० औं वैठकले भेनेजुएलामा विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको प्रस्ताव पारित गरेको छ । साथै सोमवारको वैठकले विदेश नीतिका सम्बन्धमा पार्टीभित्र कुनै द्विविधा नभएको समेत स्पष्ट पारेको छ ।

यसअघि नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विज्ञप्ती जारी गर्दै भेनेजुएलामा संयुक्त राज्य अमेरिकाले अनावश्यक चासो दिएर हस्तक्षेप गरेको भन्दै अमेरिकी कदमको विरोध गरेका थिए ।

प्रचण्डको विज्ञप्तीपछि अमेरिकाले भेनेजुएला प्रकरणमा सरकारको धारणा माग गरेको थियो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै विकसित राजनीतिक घटनाक्रमको समाधान भेनेजुएलाका जनताबाटै हुनुपर्नेमा जाेड दिएकाे थियो ।

सोमवार बसेको नेकपाको वैठकले पनि कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने बताएको छ ।

‘हाम्रो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दछ । कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ,’ वैठक पछि महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : ०९ बजे

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक