हेटौंडामा खानेपानी निर्माण शुरु « Khabarhub

हेटौंडामा खानेपानी निर्माण शुरु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ ।

सो आयोजनाअन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए ।

आयोजना निर्माणका लागि १० प्रतिशत रकम स्थानीय तहले व्योहर्ने कार्यक्रमअन्तर्गत वडा नम्बर १० बाट रु १५ लाख विनियोजन भएको छ ।

खानेपानीका लागि उक्त वडाको फिसिङखेलको धारा चौउरमा बोरिङ गरी खानेपानी निकालिने र धारामा मिटर जडान पानी वितरण जनाइएको छ । विसं २०७२ को भूकम्पपछि पानीको स्रोत सुक्दै गएकाले खानेपानीको समस्या बड्दै गएको वडाध्यक्ष हीराबहादुर गमालले बताए ।

वडा अध्यक्षको उदाहरणीय काम

हेटौँडा उपमहानगरपालिका–५ का अध्यक्षले आफ्नै खर्चमा ६० विपन्न घरपरिवारको स्वस्थ्य बीमा गरिदिएका छन् ।

हेटौँडा– ५ स्थित राई टोलमा रहेका ६० घरपरिवारको वडाध्यक्ष राजेश बानियाँले रु एक लाख ५० हजार खर्च व्यहोरेका हुन् ।

यस क्षेत्रका अर्थोपार्जनमा पछि परेका व्यक्तिका लागि अन्य सहयोग पनि गर्ने उनले जानकारी दिए ।

स्थानीयवासी श्याम राईले वडाध्यक्ष बानियाँ सबैको सहयोगी भएको बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : २४ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी