काठमाडौंबाट १६ लाखको चोरी गर्ने २ जना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंबाट १६ लाखको चोरी गर्ने २ जना पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कमलादीस्थित ट्रेड लिंक इन्टरनेशनलबाट झन्डै १६ लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्ने २ जना व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।

२३ कात्तिक २०७० को राति ११ बजे ट्रेड लिंक इन्टरनेशनलबाट चोरी भएको थियो । ट्रेड लिंक इन्टरनेशनलबाट ८ जीबी क्षमताका १० हजार ८ सय थान मेमोरी कार्ड, ३ थान कार्बन मोबाइल, विभिन्न सामान र नगद गरी १५ लाख ८८ हजार ९ सय ८ रुपैयाँ बराबरको चोरी भएको थियो ।

चोरीमा संलग्न रहेको भन्दै काठमाडौंको मनोहरा–७ वीरेन्द्रचोक बस्ने २८ वर्षीय दामोदर श्रेष्ठ र काठमाडौं–२१ यंगालमा बस्ने रजन कारंजितविरुद्ध मुद्दा चलाइएको थियो ।

उच्च अदालत पाटनले ११ असार २०७५ मा दुवैजनालाई नकवजनी चोरी मुद्दामा दोषी ठहर गर्दै बिगो बमोजि (डेढी बढाइ) जनही २३ लाख ८३ हजार ३ सय ६२ रुपैयाँ जरिवाना र १ महिना १५ दिनको कैद सजाय सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुवैजनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ ।

प्रतिवादीमध्येका रजन कारंजितले जरिवाना वापतको रकम काठमाडौं जिल्ला अदालतमा बुझाएका छन् भने दामोदर श्रेष्णलाई अदालतको आदेशानुसार कैद भुक्तानको लागि सोमवार केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ५९ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको