काठमाडौंबाट १६ लाखको चोरी गर्ने २ जना पक्राउ « Khabarhub

काठमाडौंबाट १६ लाखको चोरी गर्ने २ जना पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कमलादीस्थित ट्रेड लिंक इन्टरनेशनलबाट झन्डै १६ लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्ने २ जना व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।

२३ कात्तिक २०७० को राति ११ बजे ट्रेड लिंक इन्टरनेशनलबाट चोरी भएको थियो । ट्रेड लिंक इन्टरनेशनलबाट ८ जीबी क्षमताका १० हजार ८ सय थान मेमोरी कार्ड, ३ थान कार्बन मोबाइल, विभिन्न सामान र नगद गरी १५ लाख ८८ हजार ९ सय ८ रुपैयाँ बराबरको चोरी भएको थियो ।

चोरीमा संलग्न रहेको भन्दै काठमाडौंको मनोहरा–७ वीरेन्द्रचोक बस्ने २८ वर्षीय दामोदर श्रेष्ठ र काठमाडौं–२१ यंगालमा बस्ने रजन कारंजितविरुद्ध मुद्दा चलाइएको थियो ।

उच्च अदालत पाटनले ११ असार २०७५ मा दुवैजनालाई नकवजनी चोरी मुद्दामा दोषी ठहर गर्दै बिगो बमोजि (डेढी बढाइ) जनही २३ लाख ८३ हजार ३ सय ६२ रुपैयाँ जरिवाना र १ महिना १५ दिनको कैद सजाय सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुवैजनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ ।

प्रतिवादीमध्येका रजन कारंजितले जरिवाना वापतको रकम काठमाडौं जिल्ला अदालतमा बुझाएका छन् भने दामोदर श्रेष्णलाई अदालतको आदेशानुसार कैद भुक्तानको लागि सोमवार केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ५९ बजे

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे