इंग्लिस प्रिमियर लिग : लिपरपुललाई पछि पार्दै सिटी शीर्ष स्थानमा | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : लिपरपुललाई पछि पार्दै सिटी शीर्ष स्थानमा


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शीर्ष स्थानको लिभरपुलसँग १ अंकको झिनो दुरी बनाउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति कार्डीफ सिटीलाई पराजित गरेको सिटी शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

सिटीले कार्डिफलाई २—० गोल अन्तरले पराजित गरेको हो । सिटीका लागि केभिन डे ब्रुयाने र लेरोय सानेले गोल गरेका हुन् । ब्रुयानेले खेलको छैठौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सानेले ४४ औं मिनेटमा गरे ।

अन्तिमसम्म पनि कार्डिफले गोल गर्न नसकेपछि सानेको गोल सिटीको जितका लागि निर्णायक बनेको थियो ।

प्रिमियर लिगको शीर्ष दुई टिम सिटी र लिभरपुलबीच निकै प्रतिस्पर्धा चलिरहेको छ । यदि एउटा टिमले पनि हार व्यहोर्यो अथवा कुनै टिमसँग अंक बाड्यो भने पनि लिगमा शीर्ष टोली दुरी बढाउने छ । अहिले सिटी र लिभरपुलबीच १ अंकको दुरी छ । जीत हात पाएको सिटीले ८० अंक बनाएको छ भने ७९ अंक छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : १६ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद