इंग्लिस प्रिमियर लिग : लिपरपुललाई पछि पार्दै सिटी शीर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिपरपुललाई पछि पार्दै सिटी शीर्ष स्थानमा


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शीर्ष स्थानको लिभरपुलसँग १ अंकको झिनो दुरी बनाउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति कार्डीफ सिटीलाई पराजित गरेको सिटी शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

सिटीले कार्डिफलाई २—० गोल अन्तरले पराजित गरेको हो । सिटीका लागि केभिन डे ब्रुयाने र लेरोय सानेले गोल गरेका हुन् । ब्रुयानेले खेलको छैठौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सानेले ४४ औं मिनेटमा गरे ।

अन्तिमसम्म पनि कार्डिफले गोल गर्न नसकेपछि सानेको गोल सिटीको जितका लागि निर्णायक बनेको थियो ।

प्रिमियर लिगको शीर्ष दुई टिम सिटी र लिभरपुलबीच निकै प्रतिस्पर्धा चलिरहेको छ । यदि एउटा टिमले पनि हार व्यहोर्यो अथवा कुनै टिमसँग अंक बाड्यो भने पनि लिगमा शीर्ष टोली दुरी बढाउने छ । अहिले सिटी र लिभरपुलबीच १ अंकको दुरी छ । जीत हात पाएको सिटीले ८० अंक बनाएको छ भने ७९ अंक छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : १६ बजे

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका