दिल्ली र हैदरावादबीचको खेल आज, सन्दीप टीममा पर्लान् ? | Khabarhub Khabarhub

दिल्ली र हैदरावादबीचको खेल आज, सन्दीप टीममा पर्लान् ?


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापीटल्सले आज (बिहीबार) सनराइजर्स हैदरवादसँग खेल्दैछ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा हुने खेलमा दिल्ली हैदरावादसँग जीतको खोजिमा रहेको छ ।

पाँचौ खेल खेल्न लागेको दिल्लीले यसअघिका २ खेलमा जीत र २ मा हार व्यहोरेपछि ४ अंकरहेको सहित लिगको पाँचौ स्थानमा रहेको छ ।

यस्तै यसअघि तीन खेल खेलेको हैदरावादले २ खेलमा जीत र १ खेलमा हारसहित ४ अंक रहेको छ ।

तेस्रो जीतको खोजिमा रहेको दिल्ली हैदरावादसँगको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापीटल्सको पछिल्ला दुई खेलमा लगातार टिममा पर्दै आएका छन् ।

४ खेल मध्ये २ खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने हैदरावादविरुद्ध मैदान उत्रने सम्भावना रहेको छ । उनले दिल्लीबाट खेलेका २ खेलमा तीन विकेट लिइसकेका छन् ।

पहिलो मुम्बईविरुद्ध एक विकेट लिएका थिए भने चेन्नई सुपर किङ्स विरुद्ध २ विकेट लिदै उत्कृष्ट लय देखाएपनि टोलीले चेन्नर्यलाई खेल सुम्पिएको थियो ।

दिल्लीले यसअघिका खेलमा उत्कृष्ट लयमा रहेका सन्दीपलाई लगातार टिममा राख्दा अर्का स्पिनर अमित मिश्रालाई पवेलियनमा राखिरहेको छ । चेन्नईविरुद्धको खेलमा दिल्लीका बलरले रन नियन्त्रणमा राख्न नतसकेका कारण आजको खेलमा दुवै स्पिनरले मैदान उत्रिने सम्भावना समेत रहेको छ ।

दिल्ली टिम

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर ९कप्तान०, कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, आभाष खान, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ४४ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा