सरकारी चिकित्सक फेरि आन्दोलनमा, स्वास्थ्य सेवा ठप्प पार्दै « Khabarhub

सरकारी चिकित्सक फेरि आन्दोलनमा, स्वास्थ्य सेवा ठप्प पार्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीयता अनुसार स्वास्थ्यका कर्मचारीको समायोजन प्रक्रिया विभेदकारी रहेको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित बनेका छन् ।

सरकारले संघीयता अनुसार स्वास्थ्य तर्फको कर्मचारी समायोजन सूची सार्वजनिक गरेपछित्यसमा असन्तुष्टी जनाउँदै सरकारी चिकित्सकले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले प्रधानमन्त्री स्वयंले गरेको प्रतिबद्धता र सहमती विपरित सरकारले असमान र अवैज्ञानिक ढंगले चिकित्सकको समायोजन गरेको अरोप समेत लगाएको छ ।

संघले समायोजन प्रक्रियाको विरोध गर्दै समायोजन पत्र नबुझ्ने र आन्दोलनका सक्रिय रहने, शुक्रबारदेखि हावाहुरी प्रभावित क्षेत्रबाहेका जिल्लाहरुमा आकस्मिक बाहेका सेवा बन्द गर्ने लगायतका आन्दोलनका र्काक्रमहरु सार्वजनिक गरेको छ ।

आफूहरुको माग प्रति सरकारले व्यवस्ता गरे सबै सरकारी चिकित्सकले सामुहिक राजिनामा दिने गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए ।

‘प्रधानमन्त्रीले हाम्रो माग अनुसार केन्द्रिय सरकारको मातहतमा प्रदेश र स्थानीय तहमा खटाउने भन्ने प्रतिवद्धता गर्नुभएको थियो । तर प्रधानमन्त्रीले आफैले गर्नुभएको प्रतिवद्धता पुरा गर्नुभएन,’ अध्यक्ष डा पाण्डेले खबरहबसँग भने,‘अब हामी आकस्मिक बाहेका सेवा ठप्न पारेर आन्दोलनमा उत्रिन्छौं । हामीसँगर भएको सहमती पुरा नभए समायोजन प्रक्रिया बहिष्कार गरेर देशभरका सरकारी चिकित्सकले सामहिक राजिनामा दिन्छौं ।’

सामुहिक राजिनामाका लागि देशभरका ७ सय चिकित्सकको राजिनामा पत्र संकलन भइसकेको छ,अन्य चिकित्सकको राजिनामा पत्र संकलन गर्ने कार्य अघि बढाइएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ११ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले