भारतीय मिडियाको समाचार– नेपाली सेनामा घुसपैठ गरेर भारत विरुद्ध षड्यन्त्र गर्दै पाकिस्तान ! | Khabarhub Khabarhub

भारतीय मिडियाको समाचार– नेपाली सेनामा घुसपैठ गरेर भारत विरुद्ध षड्यन्त्र गर्दै पाकिस्तान !


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय समाचार संस्था ‘आजतक’ले पाकिस्तान नेपाली सेनामा घुसपैठ र सम्बन्ध विस्तारमा लागेको आरोप लगाएको छ ।

आईएसआई की चाल : नेपाल की सेना में घुसपैठ कर पाक रच रहा भारत के खिलाफ साजिश’ शीर्षकमा आजतकमा एउटा लेख प्रकाशित भएको छ ।

जितेन्द्रबहादुर सिंहले लेखेको र अजीत कुमार सिंहले सम्पादन गरेको उक्त लेखमा पाकिस्तानले नेपालका माध्यमबाट भारतमा आतंकवादी गतिविधि गरिरहेको र नेपाली सेनासँग सम्बन्ध बढाउन पाकिस्तानले काम गरिरहेको दाबी गरेको छ ।

आजतकले आफ्नो जासूसी सूत्रको हवाला दिँदै पाकिस्तानको जासूसी संस्था आईएसआई नेपालको सेनासँग मिलेर काठमाडौंमा नेशनल डिफेन्स कलेज बनाइरहेको दाबी गरेको छ ।

समाचारमा बताइए अनुसार पाकिस्तान काठमाडौंमा पाक हाई कमीशन एन्टी इन्डिया प्रोपोगान्डा पनि चलाइरहेको छ । पाकिस्तान र अन्य देशबाट एनजीओका माध्यमबाट नेपालमा पैसा भित्र्याएर आतंकवादी संगठन लस्कर ए तोइबाका सदस्यहरुको वृद्धिका लागि काम भइरहेको र खुल्ला सीमाको प्रयोग गर्दै भारतमा आतंकवादी क्रियाकलाप भइरहेको आजतकको समाचारमा उल्लेख गरिएको छ ।

यस्तो छ भारतीय अनलाईन आजतकमा प्रकाशति समाचार

सीमामा एयर स्ट्राइकको समाना गरेको पाकिस्तानको जासूसी संस्था आईएसआईले भारत विरुद्ध नयाँ कदम चाल्न थालेको छ । आजतकको जासूसी सूत्रका अनुसार पाकिस्तानको जासूसी संस्था आईएसआई नेपालको सेनामा गुपचुप रुपमा नयाँ तरिकाबाट घुसपैठ गर्ने प्रयासमा लागेको छ ।

यसका लागि पाकिस्तानको जसूसी संस्था आईएसआई तथा त्यहाँको सेना नेपालको राजधानी काठमाडौंमा नेशनल डिफेन्स कलेज बनाइरहेको छ । चीनको माध्यमबाट पाकिस्तान नेपालमा नजिकको सम्बन्ध बनाउने कोशिशमा लागेको छ किनकी उ नेपालमा भारतको प्रभाव कम गराउन चाहन्छ ।

सुरक्षा विभाका सूत्रहरुका अनुसार पाकिस्तान काठमाडौंमा नेशनल डिफेन्स कलेज बनाउन चाहन्छ जसका माध्यमबाट नेपालको सेनासँग सम्बन्ध मजवुद बनाउन सकियोस् भन्ने पाकिस्तान चाहन्छ । जासूसी संस्थाका अनुसार पाकिस्तान, नेपालमा नेशनल डिफेन्स कलेज बनाउन चाहन्छ र काठमाडौंमा पाक हाई कमीशन एन्टी इन्डिया प्रोपोगान्डा पनि चलाइरहेको छ ।

सुरक्षा एजेन्सीसँग जोडिएका एक अधिकारीका अनुसार पाकिस्तान र नेपालबीच नेशनल डिफेन्स कलेज बनाउने विषयलाई लिएर केही दिनका बिचमा कयौं चरणको छलफल पनि भइसकेको छ । पाकिस्तानले पछिल्लो केही वर्षमा नेपालसँग आफ्नो समबन्धलाई लगातार मजवुद बनाउन लागेको छ । जसमा उ भारतको प्रभाव कम गर्ने प्रयासमा छ ।

पछिल्लो दिन एक जासूसी रिपोर्टमा भनिएको थियो कि पाकिस्तान, नेपालमा भारत विरोधी र आतकंवादी गुटको मद्दत गर्नमा लागेको छ जसबाट आतंकवादीले नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाएर भारतमा घुस्न सकोस् ।

सबैभन्दा पहिला आजतकले पछिल्लो वर्ष अगस्टमा खुलासा गरेको थियो कि कुन तरिकाबाट नेपालमा आतंकवादीलाई पाल्ने काम पाकिस्तानको जासूसी संस्थाले गरिरहेको छ भन्ने । जासुसी संस्थाका अनुसार नेपालको मोरङ जिल्लामा लश्कर ए तोएबाका संदिग्ध मोलाना उमर मदनी नयाँ कार्यक्षेत्र बनाएर भारत विरोधी गतिविधिलाई फैलाउन लागिरहेका छन् ।

जासूसी संस्थाले आजतकलाई दिएको जानकारी अनुसार मौलाना मदनी, लस्कर ए तोइवासँग जोडिएका छन् र उनी नेपालमा शिक्षा एवं समाजसेवाको माध्यमबाट भारत विरोधी गतिविधिलाई तीब्र रुपमा फैलाइ रहेका छन् ।

जासूसी एजेन्सीले गृह मन्त्रालयमा दिएको रिपोर्ट अनुसार नेपालमा केही जिल्लासँग जोडिएको बोर्डरमा मौलाना मदनी आफ्नो एनजीको माध्यमबाट विदेशी फन्ड मागिरहेका छन् । यस फन्डको प्रयोग उनी बोर्डर एरियामा रहने सोझासाझा युवालाई ललाई फकाइ लश्कर ए तोइवामा सहभागी गर्नका लागि गरिरहेका छन् ।

जासूसी संस्थाले यस कुराको तर्फ पनि इशारा गरेका थिए की कसरी नेपालको रुटबाट विदेशी पैसा नेपालको एनजीओमा आइरहेको छ । यी एनजीओको प्रयोग मदनी मुस्लिम युवालाई लश्कर ए तोइबामा सहभागी गर्नका लागि प्रदान गरिहेको छ । यति मात्र होइन कतारबाट नेपाल पैसा आइरहेको छ, जसको प्रयोग भारतको बोर्डरमा रहेको मस्जिदको मौलविलाई दिएर गलत कार्यमा प्रयोग भइरहेको छ । आतंकवादलाई संरक्षण दिइरहेको पाकिस्तानका लागि १७५१ किमीसम्म खुल्ला नेपाल भारतको सीमा सबैभन्दा लाभकारी भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १२ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर