नेपालको सीमामा भारतीयले बनाएको स्तम्भ भत्काइयो | Khabarhub Khabarhub

नेपालको सीमामा भारतीयले बनाएको स्तम्भ भत्काइयो


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज(बिहीबार) बिहान भत्काइएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।

मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी गराएका थिए ।

नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको स्तम्भको आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाएका हुन्। स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १ : ०६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास