मलेसियन कम्पनीले नेपालका म्यानपावरलाई कालोसूचीमा राखे | Khabarhub Khabarhub

मलेसियन कम्पनीले नेपालका म्यानपावरलाई कालोसूचीमा राखे


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट कामदार आपूर्ति गर्दै आएका मलेसियका पञ्जा (ग्लोभ्स) कम्पनीले १६ भन्दा बढी म्यानपावर कम्पनीलाई कालोसूचीमा राखेका छन् । कामदारबाट मनपरी शुल्क लिने म्यानपावर कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएका म्यानपावर कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन् । कालोसूचीमा परेका म्यानपावरलाई तत्काल भिसा र डिमाण्ड नदिने मलेसियन ग्लोभ्स कम्पनीले जनाएका छन् ।

नेपाली कामदारलाई आफ्नो कम्पनीमा लैजाने मलेसियन रोजगारदाताले हवाई टिकट र अन्य सेवा शुल्क म्यानपावरलाई दिने गरेका छन् । ती कम्पनीले प्रति कामदार ७ सय अमेरिकी डलर छुटाउने गरेका छन् । कामदारका लागि कम्पनीले दिएको सेवा शुल्क र कामदार स्वयमबाट पनि ठूलो रकम अशुल्ने गरेको थाहा पाएपछि म्यानपावर कम्पनीलाई सचेत गराइएको रोजगारदाता कम्पनीले जनाएका छन् । सचेत गराउँदा पनि मनपरी अशुल्ने क्रम नरोकिएपछि कालोसूचीमा राखिएको उल्लेख छ ।

मलेसियाका रोजगारदाता कम्पनी रोजगारीमा कामदार लिदाँ सेवा शुल्क छुटाएपनि म्यानपावरले श्रमिकसँग पैसा लिएको विषयमा बेलाबेला मलेसियास्थित नेपाली दूतवासमा फोन र गुनासो आउने गरेको दूतवासका कर्मचारीले जानकारी दिएका छन् ।

मलेसियाबाट फ्रि भिसा र फ्रि टिकट ल्याएर नेपालबाट कामदार पठाउदाँ म्यानपावर कम्पनीले मनपरी रकम असुल्ने गरेका छन् । म्यानपावरले मलेसिया जाने कामदारसँग ५० हजारदेखि १ लाखसम्म उठाउने गरेको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेका छन् । मलेसियाबाट फ्रि भिसा र फ्रि टिकट नै ल्याएपनि नेपालमा कामदारबाट ठूलो रकम उठाइने गरेको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले औल्याएपछि मलेसियाका रोजगारदाता कम्पनीले धेरै म्यानपावर कम्पनीबाट कामदार लिनै छोडेका थिए । जसका कारण नेपालका लागि छुटाइएको कोटा पनि कटौती भएको छ ।

एफडब्लुसिएमएस शाखा कार्यालय खोरज

मलेसिया सरकारले विदेशी कामदारमाथि सिण्डिकेट लगाएर आर्थिक शोषण गदै आएको कम्पनीका शाखा कार्यालय खारेज गर्ने निर्णय गरेको छ । विदेशी कामदारमाथि सिण्डिकेट लगाउदै आएको संस्था (एफडब्लुसिएमएस) अन्र्तगतका सवै शाखा कार्यालय ७ चैत २०७५ देखि बन्द गर्ने मलेसिया सरकारले निर्णय गरेको हो ।

एफडब्लुसिएमएसको नेपालमा ओएससी र वानस्टप सेन्टर शाखा कार्यालय सञ्चालनमा थिए । यी संस्थालाई गत जेठ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले खारेज गर्ने निर्णय गरेका थिए । त्यस बेलादेखि बन्द मलेसियाको रोजगार गत सोमबारदेखि खुलेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  २ : १० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी