दीपिकाले खेल्ने भइन् ‘हेलो जिन्दगी’ « Khabarhub

दीपिकाले खेल्ने भइन् ‘हेलो जिन्दगी’


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ऐश्वर्य’ गर्ल दीपिका प्रसाईंले फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्ने भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी दीपिकाले यसपछि फिल्म ‘छक्का पञ्जा ३’ मा पनि मुख्य भूमिका निभाएकी थिइन् । पारिवारिक कारण देखाउँदै उनले बीचमा अफर आएका फिल्ममा साइन गरेकी थिइनन् ।

आउँदो वर्षको शुरुवातमा निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिन लागेकी यी नायिका यतिबेला भने फिल्म ‘हेलो जिन्दगी’ मा अनुबन्ध भएकी छिन् । स्रोतका अनुसार उनले यो फिल्मका लागि दश लाखको हाराहारीमा पारिश्रमिक लिएको बताइएको छ ।

निर्देशक एभरेस्ट सूर्य बोहराले फिल्मको छायांकन बेलायतमा हुने बताएका छन् । यो फिल्ममा अर्की नायिका स्वेता खड्काको पनि इन्ट्री भइसकेको छ । यद्यपि मुख्य अभिनेता को हुने भन्ने अझै तय भएको छैन ।

छिट्टै नै छायांकनका लागि बेलायत जाने बताइएको यो फिल्ममा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको पनि अभिनय रहने जनाइएको छ ।

फिल्मलाई सिर्जना जोशीले निर्माण गर्नेछिन् भने छायांकन पुरुषोत्तम प्रधानको रहनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ४५ बजे

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

देवचुली चोकमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली