लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते « Khabarhub

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बेँसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बेँसीसहर उस्ता सडकको भित्री सडकदेखि ५०/६० मिटर तल खसेर दुर्घटना भएको थियो । चालकसहित १४ जना घाइते भएकामा उपचारका लागि प्रदेश अस्पताल बेँसीसहरमा लगेपछि दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र ४८ वर्षीय रुन्द्रमान घले घाइते भएका छन् ।

घाइतेमध्ये सात वर्षीय सफल गुरुङ र रिता गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । अन्य १० जनाको प्रदेश अस्पताल बँेसीसहरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ८ : ५६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई